शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय
माैसम पूर्वानुमान

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

आइतबार, १६ कात्तिक २०८२, ०६ : ०८
आइतबार, १६ कात्तिक २०८२

सारांश

  • मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।
  • कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसममा सामान्य बदली रहेको छ।
  • कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधरणतया  रही बाँकी प्रदेशमा आंशिक बदली छ । 

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधरणतया बदली रही मधेस प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।  कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । 

आज राति कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप