शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु

आइतबार, १६ कात्तिक २०८२, १४ : ४३
आइतबार, १६ कात्तिक २०८२

सारांश

  • विभिन्न जिल्लाहरूमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ।
  • धनुषामा बसले अटोलाई ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ, भने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
  • सिन्धुली, रुकुम पूर्व र बाजुरामा भएका दुर्घटनामा पनि मानिसहरूको मृत्यु भएको छ।

काठमाडौँ । विभिन्न जिल्लामा भएको सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । धनुषा, सिन्धुली, बाजुरा लगायतका जिल्लामा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको हो । 

धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ बिरेन्द्रबजारस्थित सडकमा सुप्र ०१–००१ ख ३२८८ नम्बरको बसले प्र–२–०१–००१ ह १२३० नम्बरको अटोलाई ठक्कर दिई दुर्घटना हुँदा अटोमा सवार गणेशमान चारनाथ नगरपालिका–१ बस्ने ४० वर्षीय धनबहादुर

पुर्वछाने मगर, ३५ वर्षीया निशा मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर र अटो चालक सोही ठाउँ बस्ने ४० वर्षीय डमर राईको मृत्यु भएको छ । शनिवार साँझ भएको सो दुर्घटनामा गम्भीर घाइते भएका धनबहादुर र डमरको न्युरो अस्पताल जनकपुर तथा निशा र शम्भुको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य २

जनाको न्युरो अस्पताल जनकपुरमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै सिन्धुलीको सुनकोसी गाउँपालिका–६ पुछिघाट पुलस्थित सडकमा ना.६ त. ६५४४ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिवार राति दुर्घटना हुँदा चालक रामेछाप खाँडादेवी गाउँपालिका–४ बस्ने २२ वर्षीय डिलबहादुर माझीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शुभ जीवन अस्पताल खुर्कोटमा उपचारको क्रममा मृत्यु भएको हो ।

उता, रुकुम पूर्वको भूमे गाउँपालिका–१ स्यावालस्थित सडकमा रा.१ ह ६७९७ नम्बरको अटो अनियन्त्रित भई शनिवार साँझ दुर्घटना हुँदा अटोमा सवार भूमे गाउँपालिका–१ लुकुम बस्ने ३० वर्षीया रेजिना घर्ती र २५ वर्षीया सविता घर्तीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल रुकुमकोटमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले अटो चालकलाई नियन्त्रणमा लिएको छ ।

त्यस्तै बाजुराको बुढीनन्दा नगरपालिका–७ सास्थास्थित सडकमा सु.प.प्र. ०१–००१ ख ३१८१ नम्बरको बस शनिवार दिउँसो अनियन्त्रित भई दुर्घटना हुँदा बसका सहचालक बैतडी दशरथचन्द नगरपालिका–१ बस्ने २४ वर्षीय गणेश जोशीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल मार्तडीमामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवार अन्य ८ जनाको नवजीवन अस्पताल धनगढी, ५ जनाको जिल्ला अस्पताल मार्तडी र १ जनाको कोल्टी अस्पताल बाजुरामा उपचार भइरहेको छ ।

हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप