सोमबारदेखि राहदानीका लागि दैनिक एक हजार ‘अपोइन्टमेन्ट स्लट’ खुल्ने
सारांश
- राहदानी विभागले राहदानी वितरणको समस्या समाधान गर्न दैनिक एक हजार जनाका लागि अपोइन्टमेन्ट स्लट खोल्ने निर्णय गरेको छ।
- नयाँ आपूर्तिकर्तासँग सम्झौता र हस्तान्तरण प्रक्रियाका कारण राहदानी वितरणमा समस्या आएको विभागले जनाएको छ।
- अत्यावश्यक कारण भएकाहरूलाई मात्र आवेदन दिन र धैर्य गर्न विभागले सेवाग्राहीलाई आग्रह गरेको छ।
काठमाडौँ । राहदानी विभागले राहदानी वितरणमा देखिएको समस्या समाधानका लागि दैनिक एक हजार जनासम्मका लागि अपोइन्टमेन्ट स्लट खोल्ने निर्णय गरेको छ। विभागका अनुसार अर्को व्यवस्था नभएसम्म कार्तिक १७ गतेदेखि हरेक दिन साँझ ५ बजे (सार्वजनिक बिदाको अघिल्लो दिन बाहेक) नयाँ स्लट खुल्ने व्यवस्था गरिएको छ।
विभागले हाल विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग सम्झौता गरी नयाँ प्रणाली निर्माण कार्य अघि बढाइरहेको जनाएको छ। हालको आपूर्तिकर्ता र नयाँ आपूर्तिकर्ताबिचको हस्तान्तरण (ह्याण्डओभर–टेकओभर) प्रक्रियाका कारण राहदानी वितरणमा केही समस्या उत्पन्न भएको विभागले जनाएको छ।
सेवाग्राहीको बढ्दो माग र राहदानी पुस्तिकाको सीमितताका कारण तत्कालका लागि यस्तो व्यवस्था गरिएको विभागले स्पष्ट पारेको छ। साथै, विभागले अत्यावश्यक कारण भएकाहरूले मात्रै राहदानीका लागि आवेदन दिन आग्रह गर्दै सबैलाई धैर्य र सहयोग गर्न अनुरोध गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण