आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने युवक पक्राउ

मङ्गलबार, १८ कात्तिक २०८२, १८ : १६
मङ्गलबार, १८ कात्तिक २०८२

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमार्फत नाबालिकालाई प्रलोभनमा पार्दै चरित्र हत्या गर्ने एक युवकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोका अनुसार सिरहा जिल्लाको कल्याणपुर नगरपालिका–११ का २२ वर्षीय जीवन कुमार साहलाई पक्राउ गरिएको हो ।

साहले फेसबुकमा पीडित नवबालिकासँग मित्रता गाँसी म्यासेन्जरमार्फत कुराकानी गर्ने क्रममा उनलाई ललाईफकाई भिडियो कलमा नग्न हुन बाध्य पारी संवेदनशील अङ्ग देखाउन लगाएका थिए । 

त्यसपछि उनले सो भिडियो तथा तस्बिरको स्क्रिनसट र रेकर्ड गरी फेक फेसबुक एकाउन्टमार्फत अपलोड गर्दै नाबालिकालाई अपमानित र पीडित बनाउने कार्य गरेको प्रहरीले जनाएको छ ।

पीडित नाबालिकाले साइबर ब्यूरोमा दिएको उजुरीका आधारमा गरिएको अनुसन्धान र प्राविधिक विश्लेषणपछि साहको संलग्नता पुष्टि भएको बताइएको छ ।

साहलाई इलाका प्रहरी कार्यालय मिर्चैयाको सहयोगमा कात्तिक १७ गते सिरहाबाट पक्राउ गरी काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान जारी रहेको साइबर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दीपक राज अवस्थीले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार साहमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धान भइरहेको छ ।

573739827_4321292471446179_1831056759982102485_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप