डब्ल्यूटीएम २०२५ : विश्वमञ्चमा नेपालको प्रकृति, संस्कृति र साहसिक पर्यटन प्रस्तुत, भ्रमणको निम्तो
सारांश
- लन्डनमा भएको वर्ल्ड ट्राभल मार्केट (डब्ल्यूटीएम) २०२५ मा नेपालले पर्यटनका सम्भावनाहरू प्रस्तुत गरेको छ।
- नेपाल पर्यटन बोर्डको नेतृत्वमा २७ वटा पर्यटन व्यवसायी कम्पनीको सहभागिता रहेको छ, जसले सांस्कृतिक सम्पदा प्रदर्शन गर्नेछन्।
- नेपालले 'लाइफटाइम एक्सपेरियन्स डेस्टिनेशन' को रूपमा विश्व बजारमा पुन:स्थापित हुन लक्ष्य राखेको छ।
काठमाडौँ । विश्वकै प्रतिष्ठित पर्यटन प्रदर्शनी वर्ल्ड ट्राभल मार्केट (डब्ल्यूटीएम) लन्डन २०२५ मा नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र साहसिक पर्यटनका सम्भावनाहरू प्रस्तुत गरेको छ । नोभेम्बर ४ देखि ६ तारिखसम्म लन्डनको एक्सेल लन्डनमा आयोजना भइरहेको यो मेला विश्वभरका पर्यटन व्यवसायी, लगानीकर्ता, ट्राभल मिडिया र सरोकारवालाहरूको सहभागिता रहेको छ ।
नेपालबाट नेपाल पर्यटन बोर्डको नेतृत्वमा २७ वटा पर्यटन व्यावसायिक कम्पनीहरू( टुर अपरेटर, होटल, एयरलाइन्स प्रतिनिधि, संरक्षण साझेदार तथा सामुदायिक पर्यटन उद्यमहरू सहभागी छन् । नेपालले यस मञ्चमा आफ्नो सांस्कृतिक सम्पदा, हिमाली साहसिकता, बौद्ध एवं आध्यात्मिक यात्रा, ग्रामीण अनुभव र वन्यजन्तु संरक्षणको सफलताका कथाहरू प्रस्तुत गर्दै विश्व बजारमा 'लाइफटाइम एक्सपेरियन्स डेस्टिनेशन' को रूपमा पुनःस्थापित गर्न लक्ष्य राखेको छ ।
नेपाल प्रतिनिधिमण्डलको नेतृत्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा नेपाल पर्यटन बोर्डका अध्यक्ष हरि प्रसाद मैनालीले गरेका छन् भने समग्र समन्वय र अन्तर्राष्ट्रिय प्रवर्द्धन अभियानको नेतृत्व नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले गरिरहेका छन् ।
अध्यक्ष मैनालीले विश्व पर्यटन बजारमा देखिएका परिवर्तनशील प्रवृत्तिलाई सम्बोधन गर्दै भने, “नेपाल सुरक्षित, आकर्षक र विविध अनुभव प्रदान गर्ने गन्तव्य हो । डब्ल्यूटीएम लण्डनजस्तो विश्वस्तरीय मञ्चमा नेपालको सहभागिताले हाम्रो पर्यटन पहिचानलाई अझ सुदृढ बनाउनेछ र विश्व बजारमा नेपालको उपस्थितिलाई मजबुत पार्नेछ ।”
अध्यक्ष मैनालीले नेपालले जिम्मेवार पर्यटनलाई आफ्नो मूल आधार मानेको उल्लेख गर्दै थपे, 'नयाँ सुरक्षा प्रोटोकल, वातावरणमैत्री नीतिहरू, र समुदाय-आधारित संरक्षण कार्यक्रमहरूद्वारा नेपालले प्रत्येक आगन्तुकलाई स्थानीय समुदाय र वातावरणप्रति सकारात्मक योगदान गर्न प्रेरित गर्छ ।'
_gQnz5kaVRk.jpg)
त्यस्तै, प्रमुख कार्यकारी अधिकृत जोशीले भने नेपाललाई जीवनभर सम्झनलायक गन्तव्यको रुपमा पुनर्स्थापित गर्ने बताएका छन् । उनले भने, “हामी नेपाललाई 'लाइफटाइम एक्सपेरियन्स डेस्टिनेसन'का रूपमा विश्वमा स्थापित गर्न केन्द्रित छौं । डब्ल्यूटीएम लन्डनमा हाम्रो सहभागिताले आगन्तुक आगमन वृद्धि, अन्तर्राष्ट्रिय साझेदारी विस्तार र नेपालको पर्यटन अर्थतन्त्र सुदृढीकरणमा निर्णायक भूमिका खेल्नेछ ।”
'डब्ल्यूटीएम लन्डन २०२५ मा हामी विश्वका यात्रुहरूलाई नेपाल पुनः खोज्न निम्तो दिन्छौं,' सीईओ जोशीले थपे, 'यहाँ विशाल हिमाल, जीवन्त संस्कृति, अद्वितीय वन्यजन्तु र समर्पित समुदायहरू एकै ठाउँमा भेटिन्छन् । हाम्रो पुनरुत्थान सशक्त छ, संरक्षणप्रतिको प्रतिबद्धता अटल छ, र नेपाल यात्रुहरूका लागि पुनः खुला भइसकेको छ ।'
डब्ल्यूटीएममा रहेको नेपाल पविलियन (स्टल नम्बर एन–१२–५११) 'जहाँ प्रकृति, संस्कृती र संरक्षणमो मिलन हुन्छ' भन्ने नारा दिएर पविलियनमा नेपालका विविध प्राकृतिक दृश्य, सांस्कृतिक सम्पदा, धार्मिक एवं आध्यात्मिक स्थलहरू, साहसिक गतिविधिहरू, र सामुदायिक पर्यटनका पहलहरूका दृश्यात्मक र अन्तरक्रियात्मक प्रस्तुतीकरणहरू भइरहेका छन् ।
_LdIYVPkkcS.jpg)
यहाँ आगन्तुकहरूले नेपालका हिमाली गन्तव्यहरू, ग्रामीण पर्यटन मोडेल, वेलनेस र ध्यान यात्रा, तथा संरक्षणमा स्थानीय समुदायको सहभागिता सम्बन्धी सफलताका कथाहरू प्रत्यक्ष अवलोकन गर्न सक्नेछन् । बीटुबी (व्यापारिक भेटघाट) सत्र, नेटवर्किङ कार्यक्रम र अन्तर्राष्ट्रिय मिडिया तथा ट्राभल पार्टनरसँग सहकार्यको अवसर पनि यहाँ उपलब्ध हुने बोर्डले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
-
कबाडी सामान बोकेका थप २ ट्रक सशस्त्रको नियन्त्रणमा
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण