पोखरा सहकारीको ८९ करोड हिनामिना, ७ जना पक्राउ
सारांश
- पोखरा बचत तथा ऋण सहकारी संस्थाको झन्डै ८९ करोड हिनामिना भएको छ।
- हिनामिना आरोपमा कास्की प्रहरीले सहकारीका अध्यक्ष, सचिवसहित ७ जनालाई पक्राउ गरेको छ।
- प्रहरीले पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको छ।
पोखरा । पोखरा बचत तथा ऋण सहकारी संस्थाको ठुलो रकम हिनामिना भएको छ । सहकारीको रकम हिनामिना आरोपमा कास्की प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले सहकारीका अध्यक्ष सुरेन्द्र गोदार, सचिव दिल बहादुर केसी, कोषाध्यक्ष हिरामणि दाहाल, व्यवस्थापक भीष्मप्रसाद गुरुङलाई पक्राउ गरेको छ । यस्तै, सदस्य दोर्जे तामाङ, सुपरभाइज मार्केट प्रमुख, बेदीप्रसाद सुवेदी पनि पक्राउ परेका छन् ।
वित्तीय विश्लेषक निर्मल गौतमको समितिले गरेको अध्ययनका अनुसार सहकारीको झन्डै ८९ करोड हिनामिना भएको देखिएको छ । संस्थाका पदाधिकारी, व्यवस्थापक र कर्मचारी मिलेर सहकारीमा सङ्कलित रकम हिनामिना गरेका हुन् ।
कार्यसमिति, पूर्वपदाधिकारी तथा सञ्चालकले व्यक्तिगत स्वार्थअनुसार रकम हिनामिना गरेको पाइएको हो । पक्राउ परेकाहरूलाई जिल्ला अदालत कास्कीबाट म्याद थप गरेर अनुसन्धान थालिएको कास्की प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले बताए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा उपसभापतिमा मन्त्री विराज भक्त श्रेष्ठको उम्मेदवारी घोषणा
-
रास्वपा सह–महामन्त्रीमा असिम शाहको उम्मेदवारी घोषणा
-
कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित
-
पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता
-
विदेश पठाउने नाममा ४७ लाख ९२ हजार ठगी गर्ने ४ जना पक्राउ
-
हुम्लाका ७ वटै स्थानीय तहले ल्याए बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण