विधानअनुसार विशेष महाधिवेशन नगर्ने हो भने कांग्रेस इतिहासकै ‘भद्दा मजाक’ हुनेछ : शिवाकोटी
सारांश
- अजयबाबु शिवाकोटीले विशेष महाधिवेशनको मागलाई बेवास्ता गरे पार्टीमा विभाजन आउने बताए।
- शिवाकोटीले पार्टी पुनर्गठन र नीतिगत दिशाका लागि अहिले नै महाधिवेशन आवश्यक रहेको बताए।
- उनले पुस २८ भित्र विशेष महाधिवेशन गर्नुपर्ने कानुनी बाध्यता रहेको र त्यसलाई टार्न नहुने बताए।
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीले विशेष महाधिवेशनको मागलाई बेवास्ता गरे कांग्रेसमा थप विभाजन र जनअविश्वास पैदा हुने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बुधबार धारणा राख्दै शिवाकोटीले भने- ‘विधानअनुसार ४० प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेपछि विशेष महाधिवेशन गर्नुपर्छ भन्ने प्रावधान स्पष्ट छ। अहिले ५५ प्रतिशत अर्थात् करिब २४८८ प्रतिनिधिले हस्ताक्षर गरिसकेका छन्। यस्तो अवस्थामा विशेष महाधिवेशन टार्ने हो भने त्यो इतिहासकै भद्दा मजाक हुनेछ।’
शिवाकोटीले नियमित महाधिवेशन निर्वाचनपछि मात्र गर्ने प्रस्तावमा असहमति जनाए । निर्वाचनपछि महाधिवेशन गर्न नहुने सिवाकोटीले बताए । पार्टीको पुनर्गठन र नीतिगत दिशा निर्धारण गर्न अहिले नै महाधिवेशन जरुरी रहेको बताए ।
उनले असोज २९ गते दर्ता भएको प्रस्ताव अनुसार पुस २८ भित्र विशेष महाधिवेशन गर्नै पर्ने कानुनी बाध्यता रहेको बताए । त्यसलाई नजरअन्दाज गरेर निर्वाचनपछि मात्रै गर्ने कुरा संविधान र विधान दुवैको उल्लङ्घन भएको उनको भनाइ थियो।
शिवाकोटीले कांग्रेस अनिर्णयको बन्दी भएको आरोप लगाए । ‘पार्टीलाई अनिर्णयको बन्दी बनाइएको छ। नेताहरू सत्ताप्रति वफादारी देखाउँदै पार्टीको भविष्यसँग खेल्दै छन्। अहिले नै निर्णय नगर्ने हो भने कांग्रेस फेरि रक्षात्मक स्थितिमा पुग्छ,’ शिवाकोटीले भने ।
शिवाकोटीले विशेष वा नियमित महाधिवेशनलाई विवाद होइन, पार्टी पुनर्जागरणको अवसरका रूपमा लिन आग्रह गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण