कांग्रेसमा ३० वर्षमुनिका युवाको प्रतिनिधित्व गराउन शिवाकोटीको माग
काठमाडाैँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीमा ३० वर्षमुनिका युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले जेनजी लक्षित कार्यक्रम तत्काल ल्याउन पनि आग्रह गरे ।
उनले भने, “हामीले नजरअन्दाज गरेको पुस्ता हाम्रै छोराछोरी हुन्, तर उनीहरू किन हाम्रो सट्टा अरूको कुरा पत्याइरहेका छन् भन्ने आत्ममन्थन गर्न जरुरी छ।”
केन्द्रीय सदस्य शिवाकोटीले जेनजी पुस्ताको असन्तुष्टि पार्टीले गम्भीरतापूर्वक नलिएको भन्दै सचेत गराएका छन्। उनले नयाँ पुस्ताको आवाज सुन्ने, प्रतिनिधित्व सुनिश्चित गर्ने र व्यवहारिक कार्यक्रम ल्याउने कांग्रेसको अहिलेको उच्च प्राथमिकताको विषय हुनुपर्ने बताए ।
उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई देशको राजनीतिक चेतका रूपमा व्याख्या गर्दै भने, “हामीले नागरिकको आक्रोश बुझ्ने सट्टा अझै पनि गुटगत स्वार्थमा अल्झिरहेका छौँ। समय बलवान हुन्छ, समयको सङ्केत नबुझे कांग्रेस थप सङ्कटमा पर्न सक्छ।”
शिवाकोटीले सभापति शेरबहादुर देउवा र आरजु राणा देउवामाथि भएको आक्रमणको निन्दा गर्दै स्वास्थ्यलाभको कामना गरे। साथै, पार्टीमा निर्णय प्रक्रिया लोकतान्त्रिक बनाउने, कार्यकर्ताको आवाज सुन्ने र विशेष महाधिवेशनको माग सम्बोधन गर्न सुझाव दिए।
उनले भने, “५५ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशनको माग गरेका छन्, त्यसलाई नजरअन्दाज गर्नु विधान विपरीत हुन्छ।”
शिवाकोटीले नयाँ पुस्ता लक्षित “कांग्रेस संवाद अभियान” ल्याउन र पार्टीको साङ्गठनिक ढाँचामा ३० वर्षमुनिका युवाको कम्तीमा १५ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गरे। उनका अनुसार, “सूचना प्रविधिमा दक्ष र विवेकी यो पुस्ता हाम्रो प्राथमिकतामा नपरे कांग्रेस भविष्यमा थप कमजोर हुनेछ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण