शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय
माैसम पूर्वानुमान

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायमै, आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

बिहीबार, २० कात्तिक २०८२, ०६ : ०८
बिहीबार, २० कात्तिक २०८२

सारांश

  • मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
  • आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
  • राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ, अन्यत्र मौसम सफा रहनेछ।

काठमाडौँ । हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । 

आज राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप