आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत, एक निर्माण सेवा र त्यसका सञ्चालकसहित तीन जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको भ्रष्टाचारजन्य कार्य गरेको भन्दै बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आले, स्वामिनारायण निर्माण सेवा प्रा.लि., धरान र उक्त प्रा.लि.का प्रबन्ध निर्देशक सन्तोष कुमार बस्नेतविरुद्ध मुद्दा दायर गरिएको हो ।
सुन्दरहरैंचा नगरपालिका, मोरङले आर्थिक वर्ष २०७६/७७ को गछिया खोलामा नदीजन्य पदार्थ उत्खनन् कार्यको लागि स्वामिनारायण निर्माण सेवा प्रा.लि., धरानसँग रु.९,५१,५१,१५१।५० (भ्याट बाहेक) मा २०७७।०२।२८ गते ठेक्का सम्झौता गरेको थियो ।
उक्त ठेक्काबापत निर्माण सेवाले आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम रु.१,२३,६९,६४९।६९ दाखिला नै नगरी अनियमितता गरेको उजुरी अख्तियारमा परेको थियो ।
अनुसन्धानका क्रममा सुन्दरहरैँचा नगरकार्यपालिका कार्यालय, मोरङले २०७७।१२।३० गतेको पत्रमार्फत निर्माण सेवालाई भ्याट रकम आन्तरिक राजस्व कार्यालय, धरान, सुनसरीमा बुझाई भौचरको प्रमाणित प्रतिसमेत नगरपालिकाको कार्यालयमा बुझाउन पत्राचार गरेको थियो। उक्त पत्रको बोधार्थ आन्तरिक राजस्व कार्यालय, धरान, सुनसरीलाई दिइएको थियो ।
यसै क्रममा, आन्तरिक राजस्व कार्यालय, धरानका कर अधिकृत तिलक आले, स्वामिनारायण निर्माण सेवा प्रा.लि. र उक्त प्रा.लि.का प्रबन्ध निर्देशक सन्तोष कुमार बस्नेतले एक आपसमा मिलेमतो गरी गैरकानूनी लाभका लागि भ्याट दाखिला गरेको भनी बदनियतपूर्वक झुट्टा लिखत बनाएको अख्तियारको ठहर छ।
आन्तरिक राजस्व कार्यालय, धरान, सुनसरीको मिति २०७७/१२/३० को पत्रबाट स्वामिनारायण निर्माण सेवा प्रा.लि.ले आ.व. २०७६/०७७ मा सुन्दरहरैँचा नगरपालिकाको खोलाजन्य पदार्थको बिक्री गर्ने कार्यका लागि बुझाउनुपर्ने मूल्य अधिवृद्धि कर बुझाइसकेको भनी नगरपालिकालाई पत्राचार गरी राजस्व चुहावट/छली गर्ने गलत मनसाय राखी भ्रष्टाचारजन्य कार्य गरेको आरोपमा अख्तियारले उनीहरूलाई सजाय हुन मागदाबी लिई आज आरोपपत्र दायर गरेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण