सुन्धाराबाट भागेका एक जना कैदीबन्दी पक्राउ
बिहीबार, २० कात्तिक २०८२, २१ : १७
काठमाडौँ । जेनजी प्रदर्शनमा सुन्धारा स्थित केन्द्रीय कारागारबाट भागेका एक जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको भुम्लु गाउँपालिका–३ घर भएर बौद्ध बस्ने बिनय तामाङ छन् ।
२२ वर्षीय तामाङलाई बिहीबार कालोपुलबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । भदौ २४ मा जेलबाट भागेका उनलाई प्रहरी वृत्त मालिगाउँबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
कैदीबन्दीलाई मालिगाउँ वृत्तले शुक्रबार कारागार प्रशासनलाई बुझाउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडका लागि ६ जना विद्यार्थी चीन प्रस्थान
-
चीनद्वारा पास्टर एज्रा जिन रिहा
-
अन्य क्षेत्रको तुलनामा बैंकको प्रतिफल न्यून छ : सीईओ ज्ञवाली
-
लामो समय विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका पीएसओहरु धमाधम फिर्ता
-
इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्था अझै रहस्यमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण