विश्व वातावरण सुविधाबाट प्राप्त रकमका लागि अर्थले माग्यो प्रस्ताव
शुक्रबार, २१ कात्तिक २०८२, ०३ : ३२
सारांश
- अर्थ मन्त्रालयले विश्व वातावरण सुविधाबाट प्राप्त रकम उपयोग गर्न प्रस्ताव आह्वान गरेको छ।
- विश्व वातावरण सुविधाबाट प्राप्त १० लाख ८९ हजार ५५५ अमेरिकी डलर उपयोग गर्न प्रस्ताव मागिएको हो।
- मन्त्रालयले नोभेम्बर ३० सम्म परियोजना प्रस्ताव पेश गर्न आग्रह गरेको छ।
काठमाडौँ । अर्थ मन्त्रालयले विश्व वातावरण सुविधाबाट प्राप्त रकमको लागि प्रस्ताव पेस गर्न आह्वान गरेको छ ।
अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाले सार्वजनिक सूचनामार्फत विश्व वातावरण सुविधामार्फत प्राप्त हुने १० लाख ८९ हजार पाँच सय ५५ अमेरिकी डलर रकम उपयोगका लागि प्रस्ताव पेस गर्न आग्रह गरेको हो ।
विश्व वातावरण सुविधाको ग्लोबल बायोडाइभरसिटी फ्रेमवर्क फण्डबाट नेपाललाई बाँडफाँट भएको रकममध्ये बाँकी रहेको रकमको उपयोग गर्ने गरी विश्व वातावरण सुविधामा परियोजना प्रस्ताव पेस गर्न भनिएको हो ।
राष्ट्रिय बजेट प्रणालीबाट रकम प्रवाह हुने गरी परियोजना प्रस्ताव तयार गरी पेस गर्न सबै निकायलाई मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले नोभेम्बर ३० सम्म मन्त्रालयमा परियोजना प्रस्ताव पेस गर्न मन्त्रालयले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी
-
रास्वपाकाे केन्द्रीय सदस्यबाट नाम हटाइएपछि के भने सोम शर्माले ?
-
सवारीसाधनको कालो सिसा हटाउन ७ वटै प्रदेशमा सर्कुलर
-
सुस्तावासीको पीडा, ‘देशका लागि गोली खायौँ, नागरिकता पाएनौँ’
-
बजेट विवादः बागमतीमा कांग्रेसभित्र किचलो, काठमाडौँमा लामा समूहको छलफल
-
होटल–रेस्टुरेन्टमा गृह मन्त्रालयको कडा एक्सन, गुणस्तरहीन खाद्य बेच्नेलाई हदैसम्मको कारबाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण