सानो गौचरणमा महानगरको डोजर, जिल्ला खेलकुदको १७ सटरसहित घर भत्काइँदै
सारांश
- काठमाडौँ महानगरपालिकाले सानो गौचरण खेलकुद मैदानमा रहेका संरचना भत्काउन सुरु गरेको छ।
- जिल्ला खेलकुद विकास समितिले बनाएका १७ वटा सटरसहितका पक्की घरहरू भत्काउन थालिएको छ।
- वडाध्यक्षका अनुसार, महानगरले राष्ट्रिय स्तरको रंगशाला बनाउन लागेकाले अनधिकृत संरचना हटाइँदै छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ५ सानो गौचरण खेलकुद मैदानको क्षेत्र अधिकार भित्र रहेका संरचनाहरू भत्काउन थालेको छ ।
काठमाडौँ महानगर प्रहरी बलले डोजर जलाएर जिल्ला खेलकुद विकास समितिले हडपेर बनाएको संरचना भत्काउन थालेको नगर प्रहरी जनाएको छ ।
‘१७ वटा सटर सहित पक्कीघरहरु रहेका थिए । त्यो महानगरले आजबाट भत्काउन सुरु गरेकाे हो । ५ दिनभित्र सबै हटाइसक्छौँ,’ नगर प्रहरी निरीक्षक प्रकाश पण्डितले भने ।
५ नम्बर वडाका वडाध्यक्ष विरेन्द्र प्रजापतिका अनुसार महानगरपालिकाले सानो गौचरणलाई राष्ट्रिय स्तरको रङ्गशाला बनाउन लागिरहेकोले अनधिकृत रूपमा निर्माण भएको संरचना हटाउन थालिएको हो ।
‘यहाँ खेलकुद विकास समिति, विभिन्न क्लबहरूले सटर बनाएर भाडा उठाउन थालेपछि विवाद हुँदै आएको थियो । अब महानगर आफैँले प्यारापिट सहितको स्टेडियम बनाउँछ । त्यसकारण हामीले छलफल गरेर भत्काउन सुरु गरेका हौँ,’ प्रजापतीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त
-
कर्मचारीहरूलाई निर्देशन– विपद्को समयमा कार्यालय नछाड्नू
-
शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
-
मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण