रौतहट प्रहरीद्वारा पाँच अवैध मदिरा भट्टी नष्ट
शुक्रबार, २१ कात्तिक २०८२, १५ : १९
रौतहट । रौतहट प्रहरीले शुक्रबार बिहान सञ्चालन गरेको विशेष अभियान अन्तर्गत पाँच वटा अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले परोहा नगरपालिका–५ नामनगरा, भेडियाही र बौधिमाई नगरपालिका–४ ईनरवारी क्षेत्रका विभिन्न स्थानमा लुकाइ–छिपाइ सञ्चालनमा रहेका पाँच वटा मदिरा भट्टी फेला पारी नष्ट गरेको हो।
रौतहट प्रहरी प्रमुख एसपी रबिन कार्कीका अनुसार ती भट्टीहरूबाट तयारी मदिरा ५०० लिटर, कच्चा पदार्थका ४ ड्रम, मदिरा बनाउन प्रयोग हुने मेसिन २ थान र विभिन्न भाँडाकुँडा बरामद गरी नष्ट गरिएको छ।
भट्टी सञ्चालन गर्ने व्यक्ति भने फरार रहेका र उनीहरूको खोजी कार्य जारी रहेको एसपी कार्कीले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मन्त्रालय गाभ्नु राम्रो हो, अब असारे विकास प्रवृत्ति हटाउनुपर्छ’
-
पहिलो हाफमा मेसीको गोलमा अर्जेन्टिनाको अग्रता
-
विद्यालयलाई अनुदानः शिक्षक विद्यार्थीलाई पुरस्कार
-
उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबीसी पदमार्ग
-
छैटौँ विश्वकपमा मेसीको ऐतिहासिक गोल, अर्जेन्टिनाको अग्रता
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण