सुनसरीमा ठूलो मात्रामा गाँजा बरामद
शनिबार, २२ कात्तिक २०८२, १२ : ०३
सारांश
- सुनसरीको बर्जु गाउँपालिकामा प्रहरीले गाँजा बरामद गरेको छ।
- प्रहरीले बागमती प्रदेशको स्कार्पियो गाडीबाट २ सय ५७ किलो गाँजा फेला पारेको हो।
- प्रहरीले गाडी चालकको खोजी गरिरहेको छ र घटनाको थप अनुसन्धान भइरहेको छ।
सुनसरी । सुनसरीको बर्जु गाउँपालिका- ५ मा रहेको भित्री सडक खण्डबाट प्रहरीले लागुऔषध गाँजा बरामद गरेको छ।
शुक्रबार राति ८ बजे इलाका प्रहरी कार्यालय दुहबी र सितागंजबाट खटिएको प्रहरी टोलीले बागमती प्रदेश-०१-०२७ च ०२४० नम्बरको स्कार्पियो गाडीबाट उक्त गाँजा फेला पारेको हो।
प्रहरीले गाडीबाट २ सय ५७ किलो ४५ ग्राम गाँजा बरामद गरेको छ। गाडी चालकको खोजी र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण