गायक ‘निर्मोही’लाई ‘कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार–२०८२’
सारांश
- गायक कमल बि.के. 'निर्मोही' लाई 'कन्हैया-अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार-२०८२' बाट सम्मान गरिएको छ।
- उनलाई नगद रु. ५१ हजार, सम्मानपत्र र दोसल्ला सहित सम्मान गरिएको थियो।
- उक्त कार्यक्रममा गायिका अञ्जना गुरुङले एकल सांस्कृतिक प्रस्तुति दिएकी थिइन्।
काठमाडौँ । गायक कमल बि.के. ‘निर्मोही’ लाई ‘कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार–२०८२’ द्वारा सम्मानित गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा उनलाई नगद रु. ५१ हजार, सम्मानपत्र र दोसल्ला सहित सम्मान गरिएको हो ।
गायक निर्मोही पछिल्ला वर्षहरूमा मिर्गौला रोगबाट पीडित रहँदै पनि निरन्तर साङ्गीतिक सिर्जनामा सक्रिय छन् । उनका ‘बुलबुल तालैमा’, ‘आऊँ त भने’, ‘मैले भन्थेँ नि’, ‘सलल बग्ने’, ‘ताने झैँ माया’, ‘अरू मैले’, ‘भेरी दोभान’ र ‘लाग्यो माया’ जस्ता गीतहरू कालजयी छन् ।
कार्यक्रममा पुरस्कारका संरक्षक गायक तथा सङ्गीतकार कन्हैया सिंह परियारले पुरस्कारको मूल उद्देश्य नेपाली सङ्गीतमा उल्लेखनीय योगदान पुर्याएका अग्रज स्रष्टा र कलाकारहरूलाई जीवनकालमै सम्मान गर्ने रहेको बताए ।
एरा प्रोडक्सनको व्यवस्थापनमा आयोजना भएको उक्त कार्यक्रममा वरिष्ठ गायिका अञ्जना गुरुङले आफ्ना केहि चर्चित गीतहरूलाई समावेश गरेर एकल सांस्कृतिक प्रस्तुति दिएकी थिइन् । गुरुङले आँखीमा राख्छु मेरो देश, यस्तै हो माया मा, आँधी सरी तिम्रो माया, गङ्गारबे ९गुरुङ भाषाको गीत), जसले मुटु चुँडेर लग्यो, बदनाम भएँ म तिम्रै कारणले, एटम बम, म त काली सुन्दरी, ठ्याक्कै भेटौला र माइली रोधी घरमा लगायत गीत गाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण