सुशासन र विकासप्रतिको युवा चाहना पूरा गर्न निर्वाचन सफल पारौँ: राष्ट्रपति पौडेल
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचन सफल पार्न जोड दिँदै लोकतन्त्र सुदृढ गर्नुपर्ने बताए।
- उनले संचार माध्यमलाई नागरिकको पक्षमा रही सत्य, तथ्य सूचना प्रवाह गर्न आग्रह गरे।
- राष्ट्रपतिले गलत सूचना र अफवाहबाट जोगाउन संचार माध्यमको भूमिका महत्वपूर्ण हुने बताए।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले युवा पुस्ताको सुशासन र विकासप्रतिको चाहनालाई सम्बोधन गर्दै लोकतन्त्रलाई अझ उन्नत बनाउन आगामी प्रतिनिधिसभा निर्वाचन सफल बनाउनुपर्नेमा जोड दिएका छन्। सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सव तथा एन टिभी वर्ल्डको औपचारिक शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले यो धारणा व्यक्त गरेका हुन्।
राष्ट्रपति पौडेलले फागुन २१ मा तोकिएको निर्वाचन सफल पार्न सञ्चारमाध्यमहरूले अझ प्रभावकारी ढंगले काम गर्नुपर्ने आजको आवश्यकता भएको बताए। उनले नेपाली जनताको ठूलो बलिदानीले लोकतन्त्रको स्थापना भएको भन्दै यसको सुदृढीकरण गर्न र त्यसको प्रतिफल जनताले प्राप्त गर्ने वातावरण निर्माण गर्न सञ्चारमाध्यमको योगदान महत्वपूर्ण रहने बताएका छन्।
उनले सार्वजनिक सेवा प्रसारण सरकारी वा व्यावसायिक स्वार्थको नभई नागरिकको संस्था भएको स्पष्ट पारे। यो संस्था सरकारको हस्तक्षेप र व्यावसायिक दबाबभन्दा माथि उठेर नागरिकको पक्षमा तथा राष्ट्रहितमा काम गर्नुपर्ने उनको भनाइ छ।
सत्य, तथ्य र विश्वसनीय सूचना पाउनु नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै राष्ट्रपतिले पछिल्लो समय गलत सूचना, भ्रामक समाचार र अफवाह फैलिने क्रम बढ्दै गएकोमा चिन्ता व्यक्त गरे। उनले इन्टरनेट प्रविधिको दुरुपयोग गरी भ्रम फैलाउने खतराबाट जनतालाई जोगाउन जिम्मेवार आमसञ्चार माध्यमको ठूलो दायित्व रहेको बताए। उनले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण गर्न भएको पहलको प्रशंसा पनि गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण