‘परान’ का लागि अर्घाखाँची सिमेन्टद्वारा विशेष ’कर्पोरेट शो’
काठमाडौँ । चौतर्फी प्रशंसा पाउन थालेपछि नेपाली कथानक चलचित्र ‘परान’ हेर्न हलहरूमा दर्शकको ओइरो लागेको छ ।
सामाजिक सञ्जालमा समेत फिल्मको कथावस्तु र प्रस्तुतिको चर्चा चुलिएको छ । यसैबिच अर्घाखाँची सिमेन्ट लिमिटेडले आफ्ना कर्मचारी र व्यापारिक साझेदार (डिलरहरू) लाई फिल्म देखाउन विशेष ’कर्पोरेट शो’ आयोजना गरेको छ। सुन्धारास्थित सिभिल मलमा शनिबार दिउँसो २ः४५ बजे शो आयोजना गरिएको हो ।
फिल्म हेरेपछि अर्घाखाँची सिमेन्ट लिमिटेडका महाप्रबन्धक रमेश थापाले फिल्ममा आफ्नै घरको कथा देखाएको बताए। उनले परिवार छाडेर छोरा–छोरी विदेश जाँदा बुबा–आमा एक्लिँदै गएको र गाउँ रित्तिन थालेको यथार्थ समेटेर बनाइएको यो फिल्मले समाजमा राम्रो सन्देश दिएको धारणा राखे।
नेपाली समाजको पारिवारिक कथा समेटिएको ‘परान’ जीवनको उत्तरार्धमा सन्तानको साथ र माया खोजिरहेका एक बाबुको कथामा आधारित छ । यसले बाबुआमा र सन्तानबिच उत्पन्न हुने भावनात्मक दूरीलाई यथार्थपरक रूपमा चित्रण गरेको छ ।
फिल्ममा वरिष्ठ अभिनेता नीर शाह शीर्ष भूमिकामा छन्। डेब्यु निर्देशक दीपकप्रसाद आचार्य (काकु) ले निर्देशन गरेको यो चलचित्र पारिवारिक दर्शकका लागि सन्देशमूलक र भावनात्मक कथावस्तुका कारण सबै उमेरका दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउन सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण