आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

प्रहरी प्रभाग कपनबाट कम्प्युटर चोरेको आरोपमा एक जना पक्राउ

आइतबार, २३ कात्तिक २०८२, २० : ३४
आइतबार, २३ कात्तिक २०८२

काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा प्रहरी प्रभाग कपनबाट कम्प्युटर चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अछामको मल्लेक गाउँपालिका–७ घर भएर बुढानीलकण्ठ नगरपालिका–१२ स्थित कपनमा बस्ने २२ वर्षीय अमृत साउद छन् ।

उनलाई काठमाडौँ महानगरपालिका–६ रामहिटीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । 

भदौ २४ मा उनले कपन प्रभागबाट डेल कम्पनीको कम्प्युटर र सिपीयु चोरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

प्रहरीले उनको डेराबाट कम्प्युटर, सिपीयु, प्रिन्टर र प्रहरीको बुट बरामद गरेको छ । उनीमाथि प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप