कपिलवस्तुमा बालिकाको शव फेला
सोमबार, २४ कात्तिक २०८२, १२ : ५३
सारांश
- कपिलवस्तुमा बेपत्ता भएकी बालिकाको शव खोलामा फेला परेको छ।
- २ वर्षीया बालिका २२ गते बिहान १० बजेदेखि हराएकी थिइन्।
- प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।
कपिलवस्तु । कपिलवस्तुमा बेपत्ता भएकी एक बालिकाको शव २ दिनपछि खोलामा फेला परेको छ । जिल्लाको मायादेवी गाउँपालिका १ पकडीस्थित घरबाट बेपत्ता भएकी बालिकाको शव सोमवार बिहान मर्थी खोलमा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
स्थानीय अमितकुमार ओझाको २ वर्षीया छोरी मान्सा ओझा कात्तिक २२ गते बिहान १० बजेदेखि हराएकी थिइन् । बालिकाको शव घर देखि ३ किलोमिटर दक्षिण मायादेवी गाउँपालिका १ र शुद्धोदन गाउँपालिका ६ को सिमा पर्ने मर्थी खोलमा फेला परेको कपिलवस्तुमा डीएसपी प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले बताए ।
उनले घटनाबारे अनुसन्धान सुरु भएको समेत जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
-
ब्राजिलमा बन्जी जम्पका क्रममा डोरी बाँध्न बिर्सिएर पुलबाट खसाउँदा युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण