शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कालीगण्डकी कोरिडोर : लस्ती–बेनी खण्ड कालोपत्र गरिँदै

बिहीबार, २७ कात्तिक २०८२, ०६ : ४५
बिहीबार, २७ कात्तिक २०८२

सारांश

  • कालीगण्डकी करिडोरको लस्ती-बेनी खण्डमा कालोपत्रे सुरु भएको छ, जसले मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्छ।
  • फर्सेदेखि बेनीतर्फको बाटो कालोपत्रे गरिनेछ भने मालढुङ्गा-बेनी सडकमा २ किलोमिटर ढलान सम्पन्न भएको छ।
  • यसअघि, मालढुङ्गा-बेनी सडकको फर्सेसम्म ५ किलोमिटर खण्ड कालोपत्रे भइसकेको छ।

म्याग्दी । कालीगण्डकी कोरिडोरअन्तर्गत लस्ती–बेनी खण्डमा कालोपत्र गर्न थालिएको छ । यो मालढुङ्गा–बेनी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मुख्य सडक हो । 

बेनी–जोमसोम–कोरला सडक योजनाका सूचना अधिकारी इन्जिनियर विष्णु चापागाईका अनुसार आज फर्सेदेखि बेनीतर्फको बाटो कालोपत्र गरिने छ । 

“तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकको पहिरो प्रभावित क्षेत्रमा दुई किलोमिटर ढलान भइसकेको छ”, उनले भने । 

यसअघि मालढुङ्गा–बेनी सडकअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिका–८ नाग्लीवाङको फर्सेसम्म पाँच किलोमिटर कालोपत्र भएको थियो । 

मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न २०७७ साल चैतमा रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप