मतदाता नामावली दर्ता अवधि थप्न प्रदीप पौडेलको माग
बिहीबार, २७ कात्तिक २०८२, १५ : २२
काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले मतदाता नामावली दर्ता अवधि थप गर्न निर्वाचन आयोगसँग माग गरेका छन् ।
धेरै स्थानहरूमा लामो समय कुर्नु परेको तथा काम छिटो छरितो नभएको गुनासो आएको भन्दै पौडेलले कार्तिक मसान्तसम्मको अवधि बढाएर सबै व्यक्ति निर्वाचनमा सहभागी हुनुपर्ने बताए ।
बिहीबार भिडियो वक्तव्य जारी गर्दै पौडेलले भने, ‘नाम दर्ता गर्ने स्थानको सेवा छिटो छरितो छैन । फोटो खिचाउन लामो लाइन बस्दा पनि पालो नआएर फर्कनुपर्ने अवस्था देखिएको छ ।’
दर्ताको समय पनि कात्तिक मसान्तसम्म मात्र रहेकाले अहिलेकै अवस्था रहेमा जेनजी तथा अरू समूहका व्यक्तिहरू समेत छुट्ने सम्भावना देखिएकाले समय थप गर्नु आवश्यक रहेको पौडेलको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सर बढ्नुको कारण खराब निद्रा त होइन ?
-
१६ महिनामै फेयेनूर्डद्वारा मुख्य प्रशिक्षक भान पर्सी बर्खास्त
-
विश्वकपअघि क्रोएसियाको सुखद जित, कप्तान मोड्रिचको गोल
-
नर्वेसँग बराबरी खेल्दा मोरक्कोलाई दुई मुख्य खेलाडीको चोटको चिन्ता
-
फिलिपिन्समा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, एसियाका विभिन्न देशमा सुनामीको चेतावनी
-
राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण