प्रदेशसभा कटहरीमा सर्ने भएपछि स्थानीयवासी उत्साहित
बिहीबार, २७ कात्तिक २०८२, १७ : ११
सारांश
- कोशी प्रदेश सरकारले मोरङको कटहरी गाउँपालिकामा प्रदेशसभा सार्ने निर्णय गरेको छ।
- विराटनगरमा आगजनीबाट क्षतिग्रस्त प्रदेशसभा भवनका कारण कटहरीमा बैठक बस्ने भएको हो।
- स्थानीयवासीले प्रदेशसभाका लागि निःशुल्क रूपमा संरचना उपलब्ध गराएका छन्।
मोरङ । कोशी प्रदेश सरकारले मोरङ कटहरी गाउँपालिका–१ को तरकारी बजारमा रहेको संरचनामा प्रदेशसभा सार्ने निर्णयले स्थानीयवासी उत्साहित भएका छन् ।
गत भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा विराटनगरमा रहेको प्रदेशसभा भवन आगजनीबाट क्षतिग्रस्त भएपछि प्रदेशसभा बैठक बस्न सकेको थिएन । कटहरीमा प्रदेशसभा सार्ने निर्णयसँगै प्रदेशसभा सचिवालय स्थापनाको काम सुरु गरिएको छ ।
सो निर्णयले स्थानीयवासी उत्साहित भएको वडाध्यक्ष हरिनारायण राजवंशीले जानकारी दिए । उनले भने- ‘सर्वदलीय बैठक र गाउँ कार्यपालिका बैठकबाट निर्णय गरी निःशुल्क रूपमा प्रदेशसभाका लागि साढे तीन विगाह क्षेत्रफलमा रहेको १६ करोडको संरचना उपलब्ध गराएका छौँ ।’
उनकाअनुसार जग्गा धनीपुर्जा पनि प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण