आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु

बिहीबार, २७ कात्तिक २०८२, २२ : २३
बिहीबार, २७ कात्तिक २०८२

सारांश

  • पाल्पाको बेलडाँडामा घर भत्काउने क्रममा एक जनाको मृत्यु भएको छ।
  • ६३ वर्षीय टुकबहादुर सोमै पुरानो घर भत्काउने क्रममा घरमुनि च्यापिएर घाइते भएका थिए।
  • उपचारका क्रममा रामपुर अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

पाल्पा । निस्दी गाउँपालिका–५, बेलडाँडामा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ । बेलडाँडा बजारमा स्थानीय भीमबहादुर शाहीको घर भत्काउने क्रममा च्यापिएर केवरापानी बस्ने ६३ वर्षीय टुकबहादुर सोमैको मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लालबहादुर सुनारले बताए ।

नयाँ घर निर्माणका लागि पूरानो घर भत्काउने क्रममा सोमै घरमुनि च्यापिएर घाइते भएका थिए । उनको उपचारका क्रममा रामपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप