कार्बन क्रेडिटको १ अर्ब ३२ करोड वन विकास कोषमा जम्मा
शुक्रबार, २८ कात्तिक २०८२, १३ : ३१
सारांश
- नेपाल सरकारको वन विकास कोषमा कार्बन क्रेडिटको १ अर्ब ३२ करोड रुपैयाँ जम्मा भएको छ।
- तराईका १३ जिल्लाका वन जंगलमार्फत कार्बनडाइअक्साइड घटाएबापत यो रकम प्राप्त भएको हो।
- विश्व बैंकको फरेस्ट कार्बन पार्टनरसिप फेसिलिटीमार्फत रकम आएको केन्द्र प्रमुखले बताए।
काठमाडौँ । आज नेपाल सरकारको वन विकास कोषमा १८ लाख ८२ हजार टन कार्बन क्रेडिटको १ अर्ब ३२ करोड रुपैयाँ जम्मा भएको छ । सन् २०१८ देखि २०२१ सम्म नेपालले तराईका १३ जिल्लाका वन जङ्गलमार्फत कार्बनडाइअक्साइड घटाएबापत सो रकम प्राप्त गरेको वन तथा वातावरण मन्त्रालय अन्तर्गतको रेड कार्यान्वयन केन्द्रले जनाएको छ।
केन्द्रका प्रमुख नवराज पुडासैनीका अनुसार आज रकम जम्मा भएको रातोटिलाई जानकारी दिएका हुन् । ‘विश्व बैंकको फरेस्ट कार्बन पार्टनरसिप फेसिलिटी मार्फत रकम आएको हो’ उनले भने ।
रौतहटदेखि कञ्चनपुरसम्मका तराईका १३ जिल्लाले कार्बन घटाए बापत पैसा जम्मा भएको केन्द्रका प्रमुख पुडासैनीले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण