सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

बिहार विधानसभा निर्वाचन : यी हुन् थोरै मतान्तरले हारजित भएका ८ सिट

शुक्रबार, २८ कात्तिक २०८२, २२ : २८
शुक्रबार, २८ कात्तिक २०८२

सारांश

  • बिहार विधानसभा निर्वाचनमा थोरै मतान्तरले ८ सिटमा हारजित भएको छ।
  • सन्देश विधानसभा क्षेत्रमा जेडियु उम्मेदवार राधाचरण साह २७ मतले विजयी भए।
  • अग्निआंवमा भाजपाका महेश पासवान ९५ मतले र चनपटियामा कांग्रेसका अभिषेक रंजन ६०२ मतले विजयी भए।

पटना । भारतको बिहार राज्यको विधानसभा निर्वाचनमा ८ यस्ता सिट छन् जसमा थोरै मतान्तरले हारजित भएका छन् ।

आरा लोकसभा क्षेत्र अन्तर्गत सन्देश विधानसभा क्षेत्रमा जनता दल युनाइटेडका उम्मेदवार राधाचरण साहले राष्ट्रिय जनता दलका उम्मेदवार दीपू सिंहलाई केवल २७ मतले पराजित गरेका छन् । साहले ८० हजार ५९८ मत प्राप्त गर्दा सिंहले ८० हजार ५७१ मत प्राप्त गरे ।

आरा लोकसभा क्षेत्र अन्तर्गतकै अगिआंव विधानसभा निर्वाचन क्षेत्रमा भारतीय जनता पार्टीका महेश पासवानले सीपीआई (एमएल)का शिव प्रकाश रंजनलाई ९५ मतान्तरले पराजित गरे ।

फारबिसगंज निर्वाचन क्षेत्रमा कांग्रेस उम्मेदवार मनोज विश्वासले २२१ मतान्तरले भारतीय जनता पार्टीका विद्यासागर केशरीलाई पराजित गरे । निर्वाचित उम्मेदवार विश्वासले एक लाख २० हजार ११४ मत प्राप्त गर्दा पराजित भएका केशरीले एक लाख १९ हजार ८९३ मत प्राप्त गरे ।

पश्चिम चम्पारणको चनपटिया निर्वाचन क्षेत्रमा कांग्रेस उम्मेदवार अभिषेक रंजनले भारतीय जनता पार्टीका उमाकान्त सिंहलाई ६०२ मतान्तरले पराजित गरे । रंजनले ८७ हजार ५३८ मत प्राप्त गर्दा सिंहले ८६ हजार ९३६ मत प्राप्त गरे ।

यस्तै बोधगया निर्वाचन क्षेत्रमा राष्ट्रिय जनता दलका उम्मेदवार कुमार सर्वजितले लोक जनशक्ति पार्टीका उम्मेदवार श्यामदेव पासवानलाई ८८१ मतान्तरले पराजित गरे । सर्वजितले एक लाख २३६ मत पाए भने पासवानले ९९ हजार ३५५ मत पाए ।

बख्तियारपुर निर्वाचन क्षेत्रमा लोक जनशक्ति पार्टीका उम्मेदवार अरुण कुमार ९८१ मतान्तरले निर्वाचित भए । उनले ८८ हजार ५२० मत पाएका थिए भने उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय जनता दलका अनिरुद्ध कुमारले ८७ हजार ५३९ मत पाए ।

बलरामपुर निर्वाचन क्षेत्रमा लोक जनशक्ति पार्टीका उम्मेदवार संगीतादेवीले ३८९ मतान्तरसहित जित हासिल गरेकी छन् । उनले ८० हजार ४५९ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी महबुब आलमले ७९ हजार १४१ मत प्राप्त गरे ।

यस्तै ढाका निर्वाचन क्षेत्रमा राष्ट्रिय जनता दलका फैसल रहमानले १७८ मतान्तरको जित हासिल गरेका छन् । रहमानले एक लाख १२ हजार ७२७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी भाजपाका पवन कुमार जयसवालले एक लाख १२ हजार ५४९ मत प्राप्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप