प्युठान र इलाममा सवारी दुर्घटना, २ जनाको मृत्यु
सारांश
- प्युठानको मल्लरानीमा पिकअप जिप दुर्घटना हुँदा १७ महिनाकी बालिकाको मृत्यु भएको छ।
- इलामको सन्दकपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, चालक फरार छन्।
- दुवै दुर्घटनामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । प्युठान र इलाममा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । प्युठानको मल्लरानी गाउँपालिका–४ टोप्रेस्थित सडकमा ग.१ ज ७८१४ नम्बरको पिकअप जिप अनियन्त्रित भई दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ ।
आइतबार दिउँसो भएको सो दुर्घटनामा जिपमा सवार सोही गाउँपालिका–२ बस्ने राधिका सुनारकी छोरी १७ महिनाकी प्रतिमा सुनारको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिपका चालक समेत अन्य ८ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै इलामको सन्दकपुर गाउँपालिका–२ गोरूवाले भञ्ज्याङस्थित सडकमा प्रदेश १–०२–००३ त ३४०२ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार बेलुकी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
ट्याक्टरमा सवार पाँचथर फिदिम नगरपालिका–१४ बस्ने ३३ वर्षीय सोम राईको घटनास्थलमै मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण