खानेपानी कार्यालयका तत्कालीन निमित्त डिभिजन प्रमुखसहित ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, डिभिजन नं. ४ कलैया, बाराका तत्कालीन निमित्त डिभिजन प्रमुख किशोरी प्रसाद यादवसहित ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार पत्रपत्रिकामा बोलपत्रको सूचना नै प्रकाशन नगरी ३ लाख १६ हजार ५ सय ७० रुपैयाँ अनियमितता गरेको आरोपमा डिभिजन प्रमुख यादवसहित लेखापाल प्रदिप दास, सान्दर्भिक मिडिया नेटवर्क प्रा.लि.तथा उक्त कम्पनीको प्रबन्धक निसान्त सिग्देल, प्रभाव पब्लिकेशन प्रा.लि.को बजार प्रबन्धक सन्तोषराज खरेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेकाे छ ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, डिभिजन नं. ४ कलैया, बाराबाट आ.व. २०७९/०८० को स्वीकृत बजेट अनुसार बारा जिल्ला अन्तर्गत विभिन्न निर्माण कार्यको लागि २३ वटा बोलपत्र आह्वानको सूचना सार्वजनिक खरिद ऐन, २०६३ को दफा १४ को उपदफा (१) बमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा सो नगरिएको पाइएको छ ।
बोलपत्र आह्वानको सूचना लुकाई छिपाई, सार्वजनिक रूपमा प्रकाशन नगरी नगराई ठेक्काको प्रयोजनार्थ अभिलेखमा राख्ने गरी प्रभाव दैनिक पत्रिकाको एक प्रति मात्र प्रकाशित गरी उक्त मिति २०७९ फागुन २१ गतेको बोलपत्र आह्वानको सूचना खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डिभिजन नं. ४ कलैया, बारामा पेस गरी गराई सूचना विवरण लुकाउने दूषित मनसाय साथ सार्वजनिक तवरमा वितरण प्रयोजनार्थ प्रकाशित नै नगरेको प्रभाव दैनिक पत्रिकाको सक्कल भनिएको पत्रिकाको प्रतिसमेत साथै राखी झुट्टा बिल भरपाई लगायतका कागजातहरूको आधारमा ३ लाख १६ हजार ५७० सान्दर्भिक मिडिया नेटवर्क प्रा.लि.लाई भुक्तानी भएको अख्तियारको अनुसन्धानमा देखिएको छ ।
सान्दर्भिक मिडिया नेटवर्क प्रा.लि.को बैंक खाताबाट ५० हजार रुपैयाँ प्रभाव दैनिक प्रा.लि.का बजार प्रबन्धक सन्तोषराज खरेल समेतले भुक्तानी लिएको पाइएको अख्तियारको अनुसन्धानमा देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण