कांग्रेसका गण्डकी सभापतिलाई राष्ट्रिय सभा सदस्य बनाउन प्रस्ताव
पोखरा । नेपाली कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्मालाई राष्ट्रिय सभा सदस्य बनाउन प्रस्ताव गरिएको छ ।
शनिबार पोखरामा आयोजना भएको कांग्रेसको प्रदेश स्तरीय भेलाका केही सहभागीहरूले उनलाई माथिल्लो सभाको सांसद बनाउनुपर्ने प्रस्ताव गरेका हुन् ।
गण्डकीका सांसद तथा नवलपुरका सभापति महेन्द्रध्वज जिसीले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा शर्मालाई राष्ट्रिय सभामा पठाउनुपर्ने प्रस्ताव गरे ।
आगामी उपनिर्वाचनमा गण्डकीबाट २ सांसदका लागि मतदान हुने छ । खुला अन्य र खुला महिला कोटाको लागि हुने उपनिर्वाचनमा खुला अन्यमा शर्माको नाम प्रस्ताव गरिएको र प्रदेश कार्यसमितिले सोही नाम केन्द्रमा पठाउन भेलाले माग गरेको हो । जिसीको प्रस्तावलाई पुर्वमन्त्री समेत रहेका कांग्रेस कास्कीका पूर्व सभापति यज्ञबहादुर थापाले समर्थन जनाएका छन् ।
उक्त प्रस्तावलाई भेलाको निर्णयका रूपमा पारित गर्नुपर्ने माग गरेपनि औपचारिक निर्णय भने गरिएको छैन । शर्मा प्रदेश सभा सदस्यको समानुपातिकतर्फ पहिलो नम्बरमा भएपनि क्लष्टरका कारण उनी सांसद बन्नबाट चुकेका थिए ।
यसअघि पटक पटक निर्वाचनमा उम्मेदवार भएपनि प्रत्यक्षतर्फ पराजित भएका उनी एक पटक राष्ट्रिय सभा सदस्य भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण