बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय
अपडेट

प्रधानमन्त्रीले नागरिक समाजका अगुवासँग अन्तरक्रिया गर्ने

सोमबार, ०१ मङ्सिर २०८२, ११ : ४८
सोमबार, ०१ मङ्सिर २०८२

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीले आज नागरिक समाजका अगुवाहरूसँग अन्तरक्रिया गर्दैछिन्।
  • प्रधानमन्त्रीले आगामी निर्वाचनबारे छलफल गर्न लागेकी हुन्।
  • यसअघि उनले विभिन्न दलका नेताहरूसँग पनि छलफल गरेकी थिइन्।

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज नागरिक समाजका अगुवा प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्ने भएकी छन् । दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्रीले नागरिक समाजका अगुवासँग आगामी निर्वाचनबारे छलफल गर्न लागेकी हुन् ।

यसअघि विभिन्न राजनीतिक दलका नेता, प्रदेश तथा स्थानीय तहका प्रमुख र जनेजी अगुवालगायतसँग छलफल गरेकी कार्कीले केही राजनीतिक दलले अझै पनि चुनावमा जान अनकनाइरहेको अवस्थामा नागरिक अगुवाहरूसँग छलफल गर्न लागेको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जनाएका छन् ।

आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । उक्त निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप