मनोहरा जग्गा एकीकरण आयोजनाका जग्गाको अस्थायी जग्गाधनी प्रमाणपूर्जा वितरण गरिँदै
मङ्गलबार, ०२ मङ्सिर २०८२, ०८ : ४४
सारांश
- मनोहरा जग्गा एकीकरण आयोजना क्षेत्रका विभिन्न सब ब्लकहरूको अस्थायी जग्गाधनी प्रमाणपूर्जा वितरण सुरु हुने भएको छ।
- आजदेखि अरनीको राजमार्गदेखि उत्तर मनोहरा खोलासम्मका जग्गाधनीहरूले प्रमाणपूर्जा पाउनेछन्।
- सम्बन्धित जग्गा धनीहरूले आयोजना कार्यालयमा सम्पर्क गरी सक्कल भरपाईको प्रतिलिपि पेश गर्नुपर्नेछ।
काठमाडौँ । मनोहरा जग्गा एकीकरण आयोजना क्षेत्रअन्तर्गत अरनीको राजमार्ग देखि उत्तर मनोहरा खोला पूर्व साबिक दिव्यश्वरी ७ ख तर्फको विभिन्न सब ब्लकहरूको अस्थायी जग्गाधनी प्रमाणपूर्जा आजदेखि वितरण गरिने भएको छ ।
विभिन्न सब ब्लकहरू मध्ये A1, A2, A3, A4, B1, B2, B3, B4, C1, C2 C3, C4, D1, D2 D3, E1 का जग्गाहरूको अस्थायी जग्गाधनी प्रमाणपूर्जा विचरण गर्न लागिएको एक सूचनामार्फत जानकारी गराइएको छ ।
यस आयोजनाको कार्यालयमा जग्गा धनी प्रमाणपत्र बुझाएको सक्कल भरपाईको प्रतिलिपि लिई अस्थायी जग्गाधनी प्रमाणपूर्जा लिनका लागि सम्पर्क राख्न सम्बन्धित सरोकारवाला जग्गा धनी एवं मोहीहरूलाई आयोजनाले आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण