बागमती प्रदेशमा चुनौती बन्दै नसर्ने रोग, सबैभन्दा धेरै ग्यास्ट्रिकका बिरामी
हेटौंडा । बागमती प्रदेशमा नसर्ने रोगको चुनौती बढ्दो छ । प्रदेश स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा ग्यास्ट्राइटिसका बिरामीहरु बढेका छन् । दोस्रो स्थानमा उच्च रक्तचापका बिरामी छन् । गत आर्थिक वर्षमा उच्च रक्तचाप आठौं स्थानमा थियो ।
ज्वरोसम्बन्धी समस्याका बिरामीको चाप तेस्रो, मधुमेहका बिरामी चौथो स्थानमा छन् । त्यसपछि क्रमश: टाउको दुखाइ, मूत्रथैलीको संक्रमण, खोकी, रिफ्राएक्टिभ केस, ब्याक पेन, दाँतको समस्या रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
गत आर्थिक वर्ष २०८१/०८२ मा उच्च रक्तचापका कुल ४ लाख ३० हजार ४ जना बिरामी रहेको तथ्यांक छ । यस्तै मधुमेहका २ लाख ४५ हजार ५९८ र क्यान्सरका ८५ हजार ४१२ बिरामी पहिचान भएका थिए । त्यस अवधिमा क्यान्सरका कारण सबैभन्दा बढी १ हजार १४ जनाको मृत्यु भएको छ भने मधुमेहबाट ४५८ जनाको मृत्यु भएको छ ।

बागमती प्रदेशमा मानसिक स्वास्थ्य समस्या पनि गम्भीर रुपमा देखिएको छ । कुल ४ हजार ६०३ जनाको स्क्रिनिङ गर्दा तनावका ३ हजार १३५ र आत्महत्याको सोच/प्रयासका ९१ केसहरु भेटिएका छन् । त्यस अवधिमा ३६१ जनाले आत्महत्या गरेको तथ्यांक छ ।
खोप कार्यक्रम लक्ष्यभन्दा निकै पछाडि
निर्देशनालयका अनुसार बागमती प्रदेशमा खोप कार्यक्रमको लक्ष्य भेटाउन मुस्किल देखिएको छ । बागमतीमा पूर्ण खोपको कभरेज ७९.६ प्रतिशत मात्र छ । यो हाल ९५ प्रतिशत भन्दा बढी हुनुपर्ने राष्ट्रिय लक्ष्यभन्दा निकै कम हो ।
बीसीजी, डीपीटी, हेपबी, हिब–३, र एमआर–२ जस्ता महत्त्वपूर्ण खोपहरूको कभरेज पनि लक्ष्य अनुरुप छैन । विगत तीन आर्थिक वर्षको तथ्यांक अनुसार बागमती प्रदेशका लक्ष्यअनुसार खोप कार्यक्रमको उपलब्धि प्राप्त हुन सकेको छैन । आर्थिक वर्ष २०७९/०८० मा ८८ प्रतिशत खोप कभरेज भएको बागमतीमा आर्थिक वर्ष २०८०/०८१ मा ९५.८ प्रतिशत र आर्थिक वर्ष २०८१/०८२ मा ७९.६ प्रतिशत लक्ष्य हासिल गरेको देखिन्छ ।
खोप कार्यक्रमलाई जनस्वास्थ्यको सबैभन्दा सफल मानिएपनि बागमती प्रदेशको उपलब्धि निराशाजनक हो । काभ्रेमा १०५ प्रतिशत, ललितपुरमा ९३ प्रतिशत खोपको उपलब्धि देखिएपनि काठमाडौंमा ६८ प्रतिशत र सिन्धुलीमा ९० प्रतिशत छ ।

साथै, खोप खेर जाने दर पनि उच्च देखिएको छ । बीसीजी खोपको खेर जाने दर राष्ट्रिय मापदण्ड ५० प्रतिशत भएपनि अधिकांश जिल्लामा ७० प्रतिशत भन्दा माथि छ । जसकारण खोप व्यवस्थापनमा ठुलो चुनौती देखिन्छ । खोपको पहिलो र अन्तिम मात्रा लगाउने बिचको छाड्ने दर पनि केही जिल्लामा लक्ष्यभन्दा १० प्रतिशत बढी देखिएको छ ।

खोपको भण्डारण, वितरण र व्यवस्थापनमा कमजोरी रहँदा खोप खेर जाने दर उच्च रहेको निर्देशनालयले जनाएको छ । सोही कारण खोपको पहिलो मात्रा र अन्तिम मात्रा नपुर्याई बिचमै छाड्ने दर चितवनमा १७.२६ प्रतिशत र ललितपुरमा २१.९५ प्रतिशत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण