शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

छोराछोरीको भरणपोषण नतिर्न वर्षैपिच्छे नाम फेर्ने पुरुष पक्राउ

बुधबार, ०३ मङ्सिर २०८२, ०८ : १२
बुधबार, ०३ मङ्सिर २०८२

सारांश

  • रुसको ट्युमेन क्षेत्रमा छोराछोरीलाई भत्ता दिनबाट बच्न एक व्यक्तिले हरेक वर्ष नाम फेर्ने गरेको खुलासा भएको छ।
  • भत्ता तिर्नबाट बच्न नाम फेर्ने व्यक्ति पक्राउ परेका छन्, र उनले ऋण शून्यमा झार्ने प्रयास गरेका थिए।
  • अधिकारीका अनुसार नाम फेरेको अर्को वर्ष उनले पुरानै पहिचान अपनाउँथे, तर यो हर्कतले सधैं काम गरेन।

 मस्को । कुनै पिता आफूले खाई नखाई गरेर सन्तानलाई खुवाउँछन्, पढाउँछन्, हुर्काउँछन् । तर रुसको ट्युमेन क्षेत्रमा छोराछोरीलाई भरणपोषण भत्ता दिनबाट बच्न बर्सेनि आफ्नो नाम फेर्ने एक व्यक्ति पक्राउ परेका छन् । 

रुसी सञ्चार माध्यमसँग कुराकानीका क्रममा ट्युमेन क्षेत्रमा बालबालिकको भरणपोषण संकलन गर्ने जिम्मा पाएको बाइलिफ सर्भिसका हेड रोमन कोरेनेभले यो खुलासा गरेका हुन् । 

स्थानीय एक पुरुषले यस्तो भत्ता दिनबाट बच्न वर्षैपिच्छे आफ्नो नाम, थर र पिताको नाम समेत फेर्थे । अधिकारीका अनुसार पहिचान फेरेको अर्को वर्ष उनले आफ्नै पुरानो पहिचान अपनाउँथे । हरेक एक वर्षको अन्तरमा यही प्रक्रिया चल्थ्यो । भरणपोषण भत्ता तिर्नबाट बच्न र ऋण शून्यमा झार्ने प्रयासअन्तर्गत उनले यो हर्कत गरेको खुलेको हो । 

उनले यसो गरेर कति वर्षसम्म भरणपोषण तिर्नबाट बचे भन्ने थाहा छैन । तर यो हत्कण्डाले सधैं काम गरेन ।  

‘जब कुनै व्यक्तिको नाम परिवर्तन हुन्छ, रजिस्ट्रार अफिसले यो जानकारी स्वतः बाइलिफ कार्यालयमा पठाउँछ । त्यसैले यस्तो नाम–फेरबदलले भरणपोषण तिर्ने दायित्वबाट भाग्न सकिँदैन,’ कोरेनेभले भने । कोरेनेभले त्यस्तो गर्ने पिताको नाम भने खुलाएका छैनन् । भरणपोषण नदिन अर्का एक स्थानीयले आफूलाई ‘एगोरोफोबिया’ (घरबाट बाहिर निस्कन डर लाग्ने मानसिक समस्या) भएको दाबी गरेका थिए । तर पछि उसको नाममा दुई वटा अपार्टमेन्ट रहेको पत्ता लाग्यो । यीमध्ये एउटा अहिले जफत हुने प्रक्रियामा छ । रुसमा चाइल्ड सपोर्ट नतिनुलाई अपराध मानिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप