महाधिवेशनबारे ध्यानाकर्षण पत्र बुझाएका कांग्रेस संस्थापन पक्षका २४ केन्द्रीय सदस्य छलफलमा
सारांश
- नेपाली कांग्रेसका २४ केन्द्रीय सदस्यहरूले पार्टीको महाधिवेशन प्रक्रिया सुरु गर्न माग गर्दै ललितपुरमा बैठक सुरु गरेका छन्।
- उनीहरूले सरकारले घोषणा गरेको निर्वाचन र पार्टीको आगामी रणनीतिबारे छलफल गरिरहेका छन्।
- बैठकमा ७ बुँदे माग राखेर हस्ताक्षर गर्ने र पूर्वउपसभापति विजयकुमार गच्छदार र पूर्वमहामन्त्री डा. शशांक कोइरालाको ऐक्यबद्धता रहेको छ।
काठमाडौँ । सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको १५ औँ महाधिवेशनको प्रक्रिया सुरु गर्नुपर्ने भन्दै केन्द्रीय कार्यालय सानेपामा ७ बुँदे ध्यानाकर्षण पत्र दर्ता गराएका नेपाली कांग्रेसका संस्थापन पक्षीय २४ केन्द्रीय सदस्यहरूको बैठक ललितपुरमा सुरु भएको छ ।
ललितपुरको कुपण्डाेलमा अहिलेसम्मको राष्ट्रिय राजनीति र आफूहरूका ७ बुँदे मागको समीक्षा गर्न बैठक गरिरहेको केन्द्रीय सदस्य आङगेलु शेर्पाले जानकारी दिए । ‘अहिलेसम्मको समीक्षा, भावी रणनीति र भोलिका लागि बोलाइएको केन्द्रीय समिति बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न हामी बैठक बसिरहेका छौँ,’ शेर्पाले रातोपाटीसँग भने, ‘७ बुँदे माग राखेर हस्ताक्षर गरेका सबै सहभागी छौँ ।’
२५ केन्द्रीय सदस्यको मागमा पूर्वउपसभापति विजयकुमार गच्छदार र पूर्वमहामन्त्री डा.शशांक कोइरालाले पनि ऐक्यबद्धता जनाएका छन् ।
सभापति शेरबहादुर देउवा समूहबाट केन्द्रीय सदस्य जितेका राजेन्द्रकुमार केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आङगेलु शेर्पा, डिला सङ्ग्रौला, उदयशम्शेर राणा, नानु बास्तोला, धना खतिवडा, अब्दुल रज्जाक, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुर सिंह लामा, दिलमान पाख्रिन, अब्दुल सत्तार, मोहन आचार्य, अमृत अर्याल, जिपछिरिङ लामा, रामजनम चौधरी, चम्पादेवी खड्का, नारायणबहादुर कार्की र चीनकाजी श्रेष्ठ बैठक गरिरहेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनजन्य विपद् प्रतिकार्य : देशैभर सेना र सशस्त्रको उच्च सतर्कता, उद्धारमा हेलिकप्टर र बेलीब्रिज ‘स्ट्यान्डबाइ’
-
श्रम संस्कृति पार्टीको मूल्य र मान्यता नै श्रमदान हो : सांसद संग्रौला
-
निर्माण व्यवसायी सङ्घ धनुषाद्वारा तालाबन्दी
-
इरान–कतार वार्ता : रोकिएका सम्पत्ति र अमेरिका–इरान सम्झौताबारे छलफल हुने
-
सुन र चाँदीको मूल्यमा सामान्य गिरावट
-
निजी अस्पताल र क्लिनिकहरूमा स्तनपान कक्ष अनिवार्य स्थापना गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण