मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

हाजार्ड रियलको प्लान ‘बी’

सोमबार, २५ असार २०७५, १४ : ३०
सोमबार, २५ असार २०७५

एजेन्सी । बेल्जियम विश्वकपको सेमिफाइनलमा पुगेको छ । र, स्टार खेलाडी एडिन हाजार्ड राम्रो फर्ममा देखिएका छन् । त्यही भएर रियल म्याड्रिडले उनलाई प्लान बीको रुपमा राखेका छन्, यदी नेयमारलाई क्लबमा भित्र्याउन असफल भयो भने ।

शुक्रबार ब्राजिलबिरुद्ध जीत हासिल गर्दा पनि चेल्सीका फरवार्डको प्रदर्शन राम्रो देखिएको थियो ।

यता, फ्लोरेन्टिनो पेरेज नेयमारको ठूलो फ्यान हुन् र पूर्व बार्सिलोनका स्टारलाई ग्यालेक्टिोमा समावेश गर्न उनको ठूलो इच्छा रहेको छ ।

लस ब्लाङ्कोसको आशा छ, आगामी सिजन उनलाई भित्र्याउन सकिनेछ ।

क्रिस्टियानो रोनाल्डो युभेन्टस जाने चर्चा चलिरहेको बेला नेयमारका लागि रियल भित्रने बाटो खुल्नेछ ।

यद्यपि, पेरिस सेन्ट जर्मेनबाट उनीहरुको किर्तिमानी अनुबन्धलाई एक वर्षमा नै तान्नु अलि अप्ठ्यारो पनि हुनसक्छ ।

त्यही भएर रियल विकल्पबारे पनि सोच्न बाध्य बनेको हो ।

२७ वर्षीय हजार्डसँग अनुभव त प्रशस्त छँदै छ, ठूलो खेलमा उनको प्रदर्शन पनि राम्रो हुने गरेकोले उनी स्यान्टियागो बर्नेबाउमा फिट हुने अपेक्षा गरिएको छ ।

यसको अलावा उनले गोल गर्न सक्ने क्षमता पनि देखाएका छन् । रोनाल्डोको प्रस्थानसँगै ४० गोल प्रति सिजनको अभाव पुर्ती गर्न पनि मद्दत मिल्नेछ ।

हजार्ड पनि आफै रियलको फ्यान हुन् । उनी पनि लामो समयदेखि रियल आउन चाहिरहेका छन् 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप