बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

पाेखरीमा डुबेर बालककाे मृत्यु

बुधबार, ०३ मङ्सिर २०८२, १४ : ५४
बुधबार, ०३ मङ्सिर २०८२

रौतहट । रौतहटको कटहरिया नगरपालिकामा पोखरीमा डुबेर बालकको मृत्यु भएको छ । बुधबार दिउँसो वडा नम्बर ३ मा घर नजिकैको पोखरीमा डुबेर ४ वर्षीय शिवराम सोनारको मृत्यु भएको हो । 

बिर्ती प्रष्टोकाबाट करिब ५ सय मिटर दक्षिणतर्फ माछा मार्न पुगेका उनी पोखरीमा डुबेको अवस्थामा स्थानीले फेला पारेका थिए।

स्थानीयहरूले तत्कालै बालकलाई पानीबाट निकालेर उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र, कटहरिया तर्फ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।

शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाउने तयारी भइरहेको छ भने घटना सम्बन्धी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप