गौरीबहादुर कार्की ट्र्याकमा आउनुभयो : महेश बस्नेत
सारांश
- एमाले नेता महेश बस्नेतले जनआन्दोलन जाँचबुझ आयोगका अध्यक्ष कार्कीको भाषा नरम भएको बताए।
- बस्नेतले दलका नेताहरूलाई स्थान हद तोक्ने कार्यको विरोध गर्दै, कार्कीको पछिल्लो नरम व्यवहारको प्रशंसा गरे।
- बस्नेतले बारामा नेताहरूसँगको अन्तरक्रियाका क्रममा भएको घटनाप्रति आपत्ति जनाए।
काठमाडौँ । एमाले नेता महेश बस्नेतले जेनजी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको भाषा नरम हुन थालेको भन्दै कार्की ट्र्याकमा आएको बताएका छन् ।
बुधबार प्रेस चौतारी नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले दलका नेताहरूलाई स्थान हद तोक्ने, पासपोर्ट रद्द गर्ने जस्ता काम भइरहेको प्रति आपत्ति जनाउँदै बस्नेतले आयोग अध्यक्ष कार्की पछिल्लो समय भने नरम भएको बताएका हुन् ।
‘म गौरीबहादुर कार्कीजीलाई धन्यवाद दिन चाहन्छु । हिजो उहाँको भाषा अलिकति सफ्ट आयो’, बस्नेतले भने, ‘केपी ओलीलाई किन रोकेको भन्दा भ्यालीभन्दा बाहिर जाँदा असुरक्षित हुन्छ कि भनेर रोक्या, विदेश जाँदा पनि उहाँहरूको आलोचना होला कि भनेर रोक्या । एमालेको मात्र होइन उहाँ सबैको नेता हो । अहिले उहाँ ठिक ट्र्याकमा आउनुभयो ।’
नेता बस्नेतले आफूलगायत नेताहरू जेनजीसँग अन्तरक्रियाका लागि बारा जाने क्रममा बारामा बुधबार भएको घट्नाप्रति आपत्ति जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण