सिमराको तनावप्रति प्रधानमन्त्री कार्कीले भनिन्, ‘अराजकता स्वीकार्य छैन’
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले बाराको सिमरामा भएको तनाव र हिंसालाई दुःखद बताइन्।
- उनले अराजकता लोकतन्त्रमा स्वीकार्य नहुने र कानुन हातमा लिने छुट कसैलाई नभएको बताइन्।
- प्रधानमन्त्रीले निर्वाचनको निष्पक्ष वातावरणका लागि सुरक्षा निकायलाई निर्देशन दिएकी छन्।
काठमाडौँ । बाराको सिमरामा आज उत्पन्न तनाव र हिंसात्मक गतिविधिप्रति प्रधानमन्त्री सुशीला कार्कीले टिप्पणी गरेकी छन् । अराजक व्यवहार लोकतान्त्रिक प्रणालीमा स्वीकार्य नहुने उनको भनाइ छ ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया सार्वजनिक गर्दै उनले भनेकी छन्, बाराको सिमरामा आज देखिएको तनाव र हिंसा अत्यन्तै दुःखद छ। म स्पष्ट पार्न चाहन्छु कि यस किसिमको अराजकता लोकतन्त्रमा कदापि स्वीकार्य छैन।'
युवाहरूको आक्रोश र राजनीतिक असन्तुष्टिलाई सरकारले गम्भीरतापूर्वक लिएको उनले बताइन्। तर अभिव्यक्ति स्वतन्त्रताको सम्मान राज्यको प्रतिबद्धता भएको उल्लेख गर्दै उनले सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध सिर्जना गर्ने गतिविधि वा कानुन हातमा लिने क्रियाकलाप स्वीकार्य नहुने चेतावनी दिइन्।
प्रधानमन्त्रीले गृह प्रशासन र सुरक्षा निकायलाई शान्ति र सुव्यवस्था कायम गर्न, राजनीतिक दलका नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न र निर्वाचनलाई निष्पक्ष तथा भयमुक्त बनाउन उच्च सतर्कता अपनाएर काम गर्न निर्देशन दिएकी छन्।
उनले लोकतान्त्रिक प्रक्रियामार्फत मात्रै युवाहरूको अपेक्षा पूरा हुनसक्ने भन्दै सबै पक्षलाई अवाञ्छित राजनीतिक उत्तेजनाबाट टाढा रहन र लोकतान्त्रिक मार्गप्रतिको विश्वास कायम राख्न अपिल गरेकी छन्।
जेनजी युवाहरुले एमालेका नेताहरुलाई अवरोध गर्ने प्रयासस्वरुप सिमरा क्षेत्रमा बुधबार प्रदर्शन गरेका थिए । सो क्रममा झडप हुँदा स्थानीय प्रशासनले कर्फ्यु नै जारी गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण