२ महिनापछि बागमतीका सभामुखको राजीनामा स्वीकृत
बिहीबार, ०४ मङ्सिर २०८२, १३ : १६
सारांश
- बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकको राजीनामा स्वीकृत भएको छ।
- सभामुख पाठकले उपसभामुख अप्सरा चापागाँइलाई राजीनामा बुझाएका थिए।
- राप्रपाबाट निर्वाचित पाठक २०८२ भदौ १ गते नै राजीनामा दिएका थिए।
काठमाडौँ । बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकको राजीनामा स्वीकृत भएको छ । प्रदेशसभा सचिवालयले आज एक सूचना जारी गर्दै सभामुख पाठकले २०८२ भदौ १ गते नै राजीनामा दिएको जानकारी गराएको हो ।
सभामुख पाठकज्युले उपसभामुख अप्सरा चापागाँइलाई सम्बोधन गरी पदबाट राजीनामा दिएका थिए । प्रदेश सभा नियमावली २०७४ को नियम १८४ को उपनियम (२) बमोजिम प्रदेश सभा सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको प्रदेश सभा सचिव रामकुमार पौडेलले जनाएका छन् ।
सूचना प्रकाशित भएसँगै उनको राजीनामा स्वीकृत भएको हो । उनी राप्रपाबाट प्रदेश सभामा निर्वाचित भएपछि सभामुख भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण