बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बिहीबार, ०४ मङ्सिर २०८२, १६ : ५६
बिहीबार, ०४ मङ्सिर २०८२

सारांश

  • विभिन्न जिल्लाहरूमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ।
  • काठमाडौं, बर्दिया, चितवन र काभ्रेमा भएका दुर्घटनाहरूमा मानिसहरूको मृत्यु भएको हो।
  • प्रहरीले दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

काठमाडौँ । विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । काठमाडौँ, बर्दिया, चितवन र काभ्रेमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको हो । 

काठमाडौँ महानगरपालिका–१६ कालधारा चोकस्थित सडकमा बाग्मती प्रदेश ०२–०३३ प ३३९७ नम्बरको मोटरसाइकल र बा.४१ प. ६७९ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार धादिङ घर भएका १८ वर्षीय सजन रेग्मीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै बर्दियाको बाँसगढी नगरपालिका–९ कुईनिठीस्थित सडकमा सु.प.प्र ०१–००२ त ६०२९ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २३ वर्षीय विवेक थारुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कौशिल्या अस्पताल बाँसगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

उता चितवनको भरतपुर महानगरपालिका–१४ बरौजी चोकस्थित सडकमा बा.प्र.०६–००२ प ७४१९ नम्बरको मोटरसाइकल बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२२ पटिहानी बस्ने २६ वर्षीय कबिन महतोको मृत्यु भएको छ ।

उक्त मोटरसाइकल ना.२५ प ९७४९ नम्बरको स्कुटरसँग ठक्कर खाँदा मोटरसाइकल चालक महतो उछिट्टिएर बा.प्र.०६–००१ क ०२०६ नम्बरको बसमा ठक्कर खाई गम्भीर घाइते भएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालक र स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै काभ्रेको पाँचखाल नगरपालिका–४ फुटबल ग्राउन्डस्थित सडकमा सिन्धुपाल्चोक बाह्रबिसेबाट काठमाडौँतर्फ जाँदै गरेको बा.२ ख ६५७९ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय दिलबहादुर श्रेष्ठको बिहीबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप