शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

सञ्चारमन्त्रीले गरे पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको निरीक्षण

बिहीबार, ०४ मङ्सिर २०८२, १९ : ५४
बिहीबार, ०४ मङ्सिर २०८२

काठमाडौँ । सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेलले त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको अवलोकन गरेका छन् । 

बिहीबार सञ्चार मन्त्री खरेलले बल्खु स्थित विभागमा पुगेर अवलोकन गरेका हुन् । विभागको अवलोकन भ्रमण गर्ने क्रममा मन्त्री खरेलले आफू सपनाको घरमा आएको जस्तो लागेको बताए ।

‘सानो कुचुक्क परेको ठाउँमा आफूले पढेको स्मरण गर्दै मन्त्री खरेलले भने,‘ पत्रकारिता केन्द्रीय विभागको यति अत्याधुनिक र ल्याब सहितको सुविधा सम्पन्न भवन देख्न पाउँदा अर्कै विकसित मुलुकमा पुगेको जस्तो अनुभव भयो।’

विभागका प्रमुख डा. कुन्दन अर्यालले विभागमा स्नातकोत्तर तहदेखि एमफिल –पिचडीसम्म अध्यापन हुने गरेको जानकारी दिँदै अब लगतै डिजिटल मिडिया प्रोडक्सन र फिल्म स्टडीमा पिजिडी कक्षा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी गराए । 

उनले एक वर्षयता पत्रकारिता तथा सञ्चारका विविध आयाममा पाँच वटा राष्ट्रिय कार्यशाला र दुई वटा अन्तर्राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न गरिएको समेत बताए । प्रमुख अर्यालले समय सापेक्ष पत्रकारिता तथा सञ्चारको पाठ्यक्रममा व्यापक परिमार्जन गरी पछिल्लो प्राविधिक क्रान्ति एआई समेत पठनपाठन गर्न थालिएको बताए । 

मन्त्री खरेलले विभागको कदममा सरकारको पूर्ण सहयोग रहने बचत दिए । विभागभित्र छिरेपछि उनले भने,‘ म यहाँ अब मन्त्री हैन, विद्यार्थी हुँ र यो मेरो घर हो।’

मन्त्री खरेलले विभागको टिमसँगै नेपालमा पत्रकारिता शिक्षाका संस्थापक मध्येका एक लालदेउसा राईलाई बालाजुस्थित निवासमा पुगेर भेट समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप