शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दुर्गम गाउँ लाप्राकमा केन्द्रीय प्रशारणको विद्युत सेवा

बिहीबार, ०४ मङ्सिर २०८२, २२ : १९
बिहीबार, ०४ मङ्सिर २०८२

सारांश

  • गोरखाको लाप्राकमा केन्द्रीय प्रशारण लाइनको विद्युत सेवा सुरु भयो।
  • विद्युत सेवाले गर्दा मिनरल वाटर प्रशोधन केन्द्र सञ्चालन गर्न र मिल चलाउन सकिने भयो।
  • गुप्सीबस्ती र पुरानो बस्तीका सात सय भन्दा धेरै घरधुरीले अब विद्युत सेवा पाउनेछन्।

गोरखा । उत्तरी गोरखाको दुर्गम गाउँ लाप्राकमा केन्द्रीय प्रशारण लाइनको विद्युत् सेवा सुरु भएको छ।

एक औपचारिक कार्यक्रम गरी आज विद्युत् प्राधिकरणका गण्डकी प्रादेशिक कार्यालय प्रमुख विक्रमकुमार अमात्य र धार्चे–४ का वडाध्यक्ष किसान गुरुङले संयुक्त रुपमा वडा कार्यालयमा बिजुली बालेर केन्द्रीय प्रशारण लाइनको उद्घाटन गरे। लाप्राकको पुरानो बस्ती र एनआरएनएले निर्माण गरेको गुप्सीबस्तीमा केन्द्रीय प्रशारण लाइनको सेवा आरम्भ गरिएको हो । नेपाल विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रबाट हालसम्मको सबैभन्दा टाढाको बस्ती लाप्राकमा बत्ती बाल्न सफल भइएको केन्द्र प्रमुख चिजबहादुर गुरुङले जानकारी दिए।

यसअघि त्यहाँ २० किलोवाट र २६ किलोवाटका दुई लघु जलविद्युत् सेवा सञ्चालनमा थिए। सिरानचोक गाउँपालिका–२ थालाजुङको ठूलस्वाँरास्थित सवस्टेशनबाट बारपाक हुँदै ११ केभी क्षमताको विद्युत् लाइन विस्तार भएको थियो। विद्युत् प्रवाहका लागि तीन ट्रान्सफर्मर राखिएका छन्। गुप्सीपाखामा १०० केभिए क्षमताको एउटा र पुरानो बस्तीमा ५०/५० केभिए क्षमताका दुई ट्रान्सफर्मर राखिए, गोरखा वितरण केन्द्रका प्रमुख गुरुङले जानकारी दिए।

केन्द्रीय प्रशारण लाइनबाट सेवा पाएपछि अब मिनरल वाटर प्रशोधन केन्द्र सञ्चालन गर्न सकिने वडाध्यक्ष किसान गुरुङले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप