सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जिम्मी निशमले एक ओभरमै २६ रन दिएर लिए एक विकेट

शुक्रबार, ०५ मङ्सिर २०८२, १७ : २४
शुक्रबार, ०५ मङ्सिर २०८२

काठमाडाैँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार सुदूरपश्चिम रोयल्सको २ विकेट झरेको छ ।  

पोखरा एभेन्जर्जविरुद्ध आक्रामक ब्याटिङ गरिरहेका सुदूरपश्चिमका स्टार ब्याटर क्रिस लिन १३ बलमा ३१ रन बनाएर आउट भएका हुन् । 

उनले पोखराका स्टार अलराण्डर जिम्मी निशमको एकै ओभरमा २५ रन बनाउँदै विकेट पनि गुमाएका हुन् । 

पोखराले १३ औँ ओभरमा जिम्मीले आफ्नो तेस्रो ओभर बलिङ गर्दा एक वाइड सहित, एक डट, २ छक्का, ३ चौका र एक नो बल र एक विकेट लिएका हुन् ।  

अहिले सुदूरपश्चिमले १४.३ ओभर सकिँदा  १५४ रन बनाएको छ भने दुई विकेट गुमाएको छ । क्रिजमा कप्तान दीपेन्द्र सिंह ऐरी र ओपनर विनोद भण्डारी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप