चीनले गरेको राजनीतिक, आर्थिक र सामाजिक विकासबाट नेपालले सिक्नुपर्छ : सभामुख घिमिरे
सारांश
- सभामुख देवराज घिमिरेले चीनको विकासबाट नेपालले सिक्नुपर्ने बताए।
- पुस्तक ‘चिनियाँ दृष्टिकोण’ मा चीनको राजनीतिक स्थिरता र विकासको नीतिका बारेमा चर्चा गरिएको छ।
- लेखक आचार्यले चीनको नीतिगत दृष्टिकोणमा विश्वभर चासो रहेको बताए।
काठमाडौँ । सभामुख देवराज घिमिरेले छिमेकी मुलुक चीनले गरेको राजनीतिक, आर्थिक, सामाजिक विकासबाट नेपालले सिक्नुपर्ने बताएका छन्।
पत्रकार चेतनाथ आचार्यद्वारा लिखित पुस्तक ‘चिनियाँ दृष्टिकोण’ लोकार्पण कार्यक्रममा उनले चीनको राजनीतिक स्थिरता र विकासप्रतिको स्पष्ट नीति निकै प्रशंसनीय रहेको बताए । चीनसँग कसरी साझेदारी गरेर नेपालले आफ्नो विकासमा तीव्रता ल्याउन सक्छ भन्ने कुरामा ध्यानुपर्नेमा उनको जोड थियो। तर राजनीतिक अस्थिरताकै कारण देशको अवस्था सङ्कटमा पर्न लागेको सभामुख घिमिरेको भनाइ छ।
कार्यक्रममा पूर्वमुख्यसचिव एवं पूर्व चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, प्रा डा युवराज सङ्ग्रौला र चिनियाँ प्रोफेसर चाङ यु याङ (नेपाली नाम वर्षा)ले लेखक आचार्यको पुस्तकमाथि समीक्षा गरे।
पूर्वमुख्यसचिव पौड्यालले आचार्यको पुस्तकमा चिनियाँ विकास नीतिको दस्तावेज समेटिएको सुनाए। साथै, चीनले लोकतान्त्रिक पद्धतिलाई कसरी बुझ्छ र आफूले जनताका लागि कसरी काम गरेको छ भन्ने दृष्टिकोणको नालीबेली पुस्तकमा समेटेको उनले बताए।
कार्यक्रममा प्रा डा सङ्ग्रौलाले भने छिमेकी मुलुक चीनको राजनीतिक, आर्थिक अवधारणालाई नेपालले सकारत्मक रूपमा लिएर यहाँको गरिबी निवारणमा सहकार्य गर्न अतिआवश्यक रहेको धारणा राखे। त्यसैगरी, चीन र नेपालको सम्बन्ध इतिहासदेखि नै सुन्दर रहँदै आएको र भविष्य पनि उज्ज्वल रहेको चिनियाँ प्रोफेसर यु याङको भनाइ थियो।
कार्यक्रममा लेखक आचार्यले विश्वभर चीनको नीतिगत दृष्टिकोणको निकै चासो र चर्चाले हेर्ने गरिएको बताए। उनका अनुसार नेपालले पनि अध्ययन र चासो लिन आवश्यक छ। आचार्यका यसअघि चीनसम्बन्धी चार पुस्तक र अन्य गरी आठ पुस्तक प्रकाशित छन्। लेखक आचार्य वर्षौंदेखि बेइजिङस्थित चिनियाँ मिडिया ग्रुप ‘सीएमजी’ नेपाली सेवामा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण