मेचीनगरका ४६ जना किसानलाई कृषि औजार
सारांश
- मेचीनगर नगरपालिकाले ४६ जना किसानलाई १४ लाख बराबरको कृषि औजार वितरण गर्यो।
- कार्यक्रममा किसानलाई कुटी काट्ने उपकरण, कम्बाइन मिल र काउम्याट वितरण गरियो।
- पशुपालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा औजार वितरण गरिएको हो।
झापा । मेचीनगर नगरपालिकाले ४६ जना किसानलाई रु १४ लाख बराबरका कृषि औजार वितरण गरेको छ । नगरपालिकाद्वारा आज आयोजित कार्यक्रममा ४३ जना किसानलाई कुटी काट्ने उपकरण, एक जनालाई एउटा कम्बाइन मिल र दुई जनालाई काउम्याट वितरण गरिएको हो ।
विशेष गरेर व्यावसायिक रूपमा पशुपालन गरेका किसानलाई ती औजारले राहत पुग्ने नगरप्रमुख गोपाल बुढाथोकीले विश्वास व्यक्त गरे । उनले मेचीनगर-७ को ‘राई बङ्गुर फार्म’का सञ्चालक रविन राईलाई एउटा कम्बाइन मिल, मेचीनगर-२ का हरिभक्त चापागाईँलाई चार वटा काउम्याट र मेचीनगर-४ को ‘उपकार कृषि फार्म’का सञ्चालक सन्तोष राईलाई १६ वटा काउम्याट प्रदान गरिएको जानकारी दिए ।
मेचीनगर-११ का १०, मेचीनगर-१० का तीन, मेचीनगर-५ र २ का एक/एक, मेचीनगर-८ का नौ, मेचीनगर-३ का १६ र मेचीनगर-१५ का तीन जनालाई कुटी काट्ने मेसिन प्रदान गरियो ।
कार्यक्रममा मेचीनगर-३ का किसान विनोद थापाले नगरपालिकाले कृषि क्षेत्रमा काम गरेका किसानलाई दिएको औजारले पशुपालनमा सहज हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
तीन मौसमी वायुको असर : आज सातै प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
-
मेस्सीको खेलको प्रतीक्षा : समूह चरणको पहिलो खेलमा अल्जेरियासँग भिड्दै अर्जेन्टिना
-
निःशुल्क हवाई उद्धारले गर्भवती र सुत्केरीलाई सहज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण