झापाको बिभत्स हत्या अनुसन्धान गरेका इन्स्पेक्टर केसी ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित
सारांश
- इन्स्पेक्टर सुभाष केसीलाई दहिझोडा सामुदायिक वनमा मृत फेला परेका सरोज शर्माको हत्या अनुसन्धानको लागि सर्वोत्कृष्ट प्रहरी घोषणा गरियो।
- इन्स्पेक्टर केसीको नेतृत्वमा हत्यामा संलग्न दुई जनालाई पक्राउ गरिएको थियो, जसमा सुनिल साह र राहुल साह थिए।
- शर्माको शव हुलाकी राजमार्गको पुलमुनि गाडेर व्यवस्थापन गरिएको अनुसन्धानबाट खुलेको छ।
काठमाडौँ । झापाको दहिझोडा सामुदायिक वनमा मृत भेटिएका सरोज शर्माको हत्याबारे अनुसन्धान गरेका इन्स्पेक्टरलाई ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय भिलझिलेका इन्चार्ज सुभाष केसीलाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।
कात्तिक ९ मा अर्जुनधारा नगरपालिका–४ स्थित दहिझोडामा मृत भेटिएका शिवसताक्षी नगरपालिका–१० बस्ने ३३ वर्षीय सरोज शर्माको हत्याबारे इन्स्पेक्टर केसीले अनुसन्धान गरेका थिए ।
इन्स्पेक्टर केसी नेतृत्वको टिमले हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको थियो । शर्मालाई अपहरण गरेर जङ्गलमा लगेर हत्या गर्ने २७ वर्षीय सुनिल साह र साहका भाञ्जा पर्ने २३ वर्षीय राहुल साहलाई प्रहरीले कार्तिक १४ मा पक्राउ गरेको थियो ।
सरोज शर्माले प्रयोग गरेको गाडी जलाएको अवस्थामा मेचीनगर– १३ मा भेटिएको थियो । उनको शव आरोपीहरूले झापा गाउँपालिका–५ स्थित हुलाकी राजमार्गको पुलमुनि गाडेर व्यवस्थापन गरेको अनुसन्धानबाट थाहा भएको छ । कोशी प्रदेशका डीआईजी ईश्वर कार्कीले इन्स्पेक्टर केसीलाई कार्तिक महिनाको उत्कृष्ट प्रहरी घोषणा गर्दै पुरस्कृत गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीव्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
-
राष्ट्रिय पशुपन्छी अधिकार दिवस मनाइयो (तस्बिरहरु)
-
विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ
-
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण