सरकार निर्वाचन गराउने बाटोमा अग्रसर छैनः शंकर पोखरेल
सारांश
- एमाले महासचिव शंकर पोखरेलले वर्तमान सरकार निर्वाचन गराउन नचाहेको आरोप लगाए।
- उनले सरकारले सुरक्षा निकायको मनोबल बढाउन नसकेको र निर्वाचनको वातावरण नबनाएको बताए।
- पोखरेलले सरकारले एमालेको कार्यक्रम बिथोल्ने षडयन्त्र गरिरहेको आरोप लगाए।
काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकार निर्वाचन गराउने बाटोमा नलागेको दाबी गरेका छन् ।
शनिवार काठमाडौंमा आयोजित पार्टीको जनप्रर्दशन तथा जनसभामा बोल्दै उनले लोकतन्त्रमा निर्वाचन अनिवार्य हुने भएपनि सरकारले त्यसका लागि आवश्यक वातावरण बनाउन नचाहेको जिकिर समेत गरे ।
महासचिव पोखरेलले सरकारले सुरक्षा निकायको मनोबल बढाउने कुनै काम गर्न नसकेको समेत बताए ।
उनले भने, ‘लोकतन्त्रमा चुनाव अनिवार्य हुने गर्दछ । अहिलेको सरकार के चुनाव गराउने बाटोतिर अघि बढिरहेको छ ? यो सरकार चुनाव गराउने बाटोतिर अघि बढिरहेको छैन । भदौ २४ गते सबैभन्दा ज्यादा क्षति नेपाल प्रहरीले ब्यहो¥यो । प्रहरीका कार्यालयहरु सबै ध्वस्त गरिए । हतियार र गोलीगठ्ठा सबै लुटिए । प्रहरीको मनोबल कमजोर पारियो । अहिले सरकारले उनीहरुको मनोबल उठाउने काम समेत गर्न सकेको छैन ।’
महासचिव पोखरेलले सरकारले एमालेको कार्यक्रम गर्न समेत नदिने खालको षडयन्त्र गरिरहेको आरोप समेत लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण