सेवालाई थप प्रभावकारी बनाउन साङ्गठनिक पुनःसंरचना गरियो : सशस्त्र प्रहरी
सारांश
- सशस्त्र प्रहरी बल नेपालले कर्मचारीको वृत्तिविकास र सेवालाई प्रभावकारी बनाउन पुनःसंरचना गरेको जनायो।
- सङ्गठनले विज्ञप्ति मार्फत समाचार सत्य नभएको बतायो र आवश्यकता अनुसार काम भएको जनायो।
- पुनःसंरचनाले कार्यालयको स्तरवृद्धि र कर्मचारीको मनोबल बढाउने विश्वास लिइएको छ।
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले कर्मचारीको वृत्तिविकास र कार्यालयबाट सम्पादन गरिने कामकारबाही र सेवालाई थप प्रभावकारी बनाउन साङ्गठनिक पुनःसंरचना गरेको स्पष्ट पारेको छ । नयाँ सङ्गठन व्यवस्थापन तथा सर्वेक्षण (ओएण्डएम)का विषयलाई लिएर भइरहेको भ्रामक टिप्पणीको खण्डन गर्दै सशस्त्र प्रहरीले आवश्यकता र औचित्यका आधारमा ऐन, कानुनबमोजिम उक्त कार्य गरेको जनाएको हो ।
साङ्गठनिक पुनःसंरचना आवश्यकताको आधारमा निरन्तर भइरहने प्रक्रिया रहेको जनाउँदै सशस्त्र प्रहरीले आज विज्ञप्तिमार्फत सङ्गठनको कार्य प्रकृतिका बारेमा विस्तृत अध्ययन नगरी कार्यरत कर्मचारीलाई लक्षित गरी प्रकाशन गरिएका समाचार सत्य र यथार्थपरक नभएको स्पष्ट पारेको छ ।
साङ्गठनिक पुनःसंरचनापश्चात् कार्यालयहरूको स्तरवृद्धि र स्थायीकरण तथा कर्मचारीको वृत्तिविकास हुने तथा यसबाट सङ्गठनको व्यावसायिक क्षमता र कार्यरत कर्मचारीको मनोबल उच्च हुने विश्वास गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरिल्याण्डमा ७ ए प्राइमरी निर्वाचन : नेपाली मूलका चापागाईं विजयी
-
नाबालिका बलात्कार र हत्याका अभियुक्तको इन्काउन्टरमा मृत्यु, प्रहरीको भूमिकामाथि प्रश्न
-
सीताको ‘सिलप्याक’ ग्यास सिलिन्डर खाली भेटिएपछि....
-
सचिव पुष्कर अनिवार्य अवकाशमा
-
राष्ट्र बैंक विधेयकमा डेढ दर्जन संशोधन : गभर्नरको कार्यकाल घटाउनेदेखि प्रादेशिक बैंकको प्रस्ताव
-
आन्तरिक रूपमा तयार पार्ने अनुसन्धान प्रतिवेदनहरू सार्वजनिक नगर्ने आयोगको नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण