बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

रेखा खोलामा शव फेला, दुई जना पक्राउ

आइतबार, ०७ मङ्सिर २०८२, १० : ४९
आइतबार, ०७ मङ्सिर २०८२

सारांश

  • बिर्तामोडको रेखा खोलामा एक व्यक्तिको शव फेला परेको थियो, प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
  • प्रहरी नायब उपरीक्षकका अनुसार मृतक ५२ वर्षीय आनन्द चौधरी हुन्, स्थानीयले शव फेला पारेका थिए।
  • घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान सुरु गर्‍यो, शव परीक्षणका लागि पठाइयो।

झापा ।  बिर्तामोड नगरपालिका–७ मियाबारीस्थित रेखा खोलामा शव फेला परेपछि प्रहरीले दुई जनालाई पक्राउ गर्दै अनुसन्धान सुरु गरेको छ ।

अनारमनी इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठका अनुसार बिर्तामोड नगरपालिका–७ मियाबारीस्थित रेखा खोला नजिकै बिर्तामोड–६ निवासी ५२ वर्षीय आनन्द चौधरीको शव स्थानीयले गएराति फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालयको प्रहरी टोली घटनास्थल पुग्यो। प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए। राति कानुनी प्रक्रिया सम्पन्न गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइयो। उनले बताए ।

घटनासम्बन्धी अनुसन्धानका क्रममा सोही स्थानका ४८ वर्षीय पुरन चौधरी र ३२ वर्षीय श्याम चौधरीलाई प्रहरीले नियन्त्रणमा लियो। दुवै जनामाथि आवश्यक अनुसन्धान सुरु गरियो। प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप