उज्यालो नेपाल पार्टीको प्रवक्तामा डा.राजु थापा
सारांश
- मन्त्री कुलमान घिसिङको उज्यालो नेपाल पार्टीको प्रवक्तामा डा.राजु थापा नियुक्त भएका छन्।
- पार्टीले निर्वाचन आयोगबाट आधिकारिता प्राप्त गरेपछि घोषणासभाको तयारी सुरु गरेको छ।
- आगामी निर्वाचनका लागि पार्टीले उम्मेदवार छनोट गर्न आवेदन खुला गर्ने निर्णय गरेको छ।
काठमाडौँ । मन्त्री कुलमान घिसिङको उज्यालो नेपाल पार्टीको प्रवक्ताको जिम्मेवारी डा.राजु थापालाई दिइएको छ । शनिबार काठमाडौँमा बसेको केन्द्रीय समितिको बैठकले थापालाई प्रवक्ताको जिम्मेवारी दिएको केन्द्रीय सदस्य जितराम लामाले जानकारी दिए ।
उनका अनुसार उज्यालो नेपाल पार्टीले हालै निर्वाचन आयोगबाट आधिकारिता पाइसकेको छ । आधिकारिता पाएसँगै बसेको केन्द्रीय समिति बैठकले कानुन व्यवसायी समेत रहेका थापालाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।
पार्टीले मान्यता पाएकाले चाँडै पार्टीको औपचारिक रूपमा बृहत् घोषणासभाको तयारी भइरहेको समेत लामाले जानकारी दिए । उनका अनुसार पार्टीले अहिले विभिन्न नीति र पार्टीका घोषणापत्र लेख्ने लगायतका काम भइरहेको छ ।
बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनको लागि १६५ प्रत्यक्ष निर्वाचन क्षेत्र र ११० समानुपातिकका उम्मेदवारको लागि आवेदन दिने निर्णय गरे छ । उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बन्न चाहनेहरुको लागि सार्वजनिक रूपमा नै सूचना जारी गरी उम्मेदवार छनोट गर्ने तयारी समेत पार्टीले गरेको छ ।
पार्टीका प्रवक्ता डा. थापाले आगामी निर्वाचनको तयारीका लागि वैकल्पिक शक्तिहरूलाई एकीकृत बनाएर लैजाने विषयमा छलफल सुरु गरिएको बताए । उनले पार्टीले वैकल्पिक शक्तिहरू मिलाएर लैजाने विषयमा अहिले आवश्यक गृहकार्य गरिरहेको समेत जानकारी दिए ।
५१ सदस्यीय केन्द्रीय समिति रहेको उज्यालो नेपाल पार्टीको अध्यक्षमा पूर्व उर्जासचिव अनुपकुमार उपाध्याय रहेका छन् । पार्टीको चुनाव चिह्न भने बलेको चिम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
-
तस्करीको नयाँ शैली : सिरक र ज्याकेटभित्र सिलिकनमा मिसाएर ल्याइएको साढे ४ किलो कोकेन बरामद
-
जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण